spot_img

ताजा अपडेट

‘आदिकवि भानुभक्त’

गीता भण्डारी
आदिकवि भानुभक्त आचार्य नेपाली साहित्यका प्रणेता हुन् । वि.सं. १८७१ को असार २९ गतेका दिन तनहुँ जिल्लाको चुँदी रम्घामा जन्मिएका भानुभक्त आचार्यको देहावसान पनि त्यही ठाउँमा वि.सं. १९२५ मा भएको थियो ! बाल्यकादेखि नै आध्यत्मिक ज्ञान हासिल गरेका भानुले आफ्ना बाजे कृष्ण आचार्यबाट औपचारिक शिक्षा पाएका थिए । भानुभक्त धार्मिक, नैतिक चेतना तथा रामभक्ति धाराका नेपाली प्रतिनिधि प्रखर विशिष्ट प्रतिभा हुन् । उतिबेलाको जीवनकालमा ज्योतिषी पुरेत्याइँ तथा जागिरे जीवन काटेका भानुभक्तले रामायण (१८९८–१९१०), भक्तमाला (१९१०), प्रश्नोत्तर (१९१०), बधु शिक्षा (१९१९), रामगीता (१९२५) जस्ता कृति उनका प्राथमिकतामा छन् । रामायण, रामगीता र भक्तमाला रामभक्ति शक्ति गीत उनका भुल्न नसकिने कृति पनि हुन् । उनको कृति बधु शिक्षाद्धारा तत्कालीन महिलालाई शिक्षा दिइएको छ भने, प्रस्तुत पुस्तक बढी विवादित पनि छ । हरेक लेखकले लेख्ने बिषय बस्तु उतिबेलाको मन मस्तिष्कको विचारमा आधारित हुने हुँंदा परिवर्तित समय कालखण्डमा भने कहिलेकाही विवादित पनि हुने गरेको छ । तर हामीले कसरी ज्ञान लिने भन्ने सचेतता पनि यस्ता कुराले अलग प्रभाव पार्छ ।
भानुभक्त प्राथमिक कालमा मात्र हैन आधुनिक कालकामा समेत केन्द्रीय प्रतिभाशाली व्यक्ति हुन् ! भर्खरै भानु सप्ताह सकिएको छ । भानुलाई सम्झिने, दिन मध्येको महत्वपूर्ण दिन भानु जयन्ती हो । सो दिन देशका विभिन्न भागमा झैं वीरगन्जमा पनि विभिन्न संघ संस्थादेखि साहित्य प्रेमीहरुले उत्साह साथ भानु जयन्ती मनाइएको छ । अझ भनौ प्रत्येक बर्ष बड्दो क्रममा यो दिन हुनु पर्नेमा नेपाली भाषाका प्रणेता समेत रहेका भानुको जन्मदिनलाई झन बिशेष बनाइनु पर्नेमा चाही विभिन्न कोणबाट कम प्राथमिकतामा पार्नु र पर्नु राम्रो संकेत होइन । १९८१ मा आचार्यको जीवनी लेख्दा मोतिराम भट्टले उनलाई पहिलो पटक आदिकवि भनेर चिनाएका थिएँ ! नेपालमा पहिलो कवि मात्र नभएर उनको कविताको मर्म र गहिराइ हेरेर उनलाई ‘आदिकवि’को उपाधि दिइएको मानिन्छ ।
संस्कृत भाषामा लेखिएको रामायणलाई भावानुवादसहित नेपाली भाषामा प्रस्तुत गरेका भानुभक्त र उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा स–स्वर लयका साथ पाठ गर्ने चलन छ । आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्दै साहित्यको प्रवन्धन गरेका थिए र त अहिले हामी उनैलाई पदचिन्ह पछ्याउँदै छौ !
‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ को कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै उनले लेखेका थिए– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ । भन्ने भनाइ आज वास्तवमै मानवीय जनजीवनमा प्रत्यक्ष भोगाइसँग मेल खान्छ । जो उनको रचनाबाट हाम्रो समाजले अझै पनि सिक्न बाँकी धेरै छ ! नेपाली समाजको जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा उनको ऐतिहासिक योगदान कम महत्वपूर्ण छैन । त्रिभुवन विश्वविद्यालयबाट आचार्यबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् !
भानुभक्त आचार्यले रामायणको भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेका छन् । उनका प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा, रामगीता तथा दर्जनौं फुटकर साहित्यिक कृत प्रकाशित छन् । भानुभक्तलाई आफू घाँसीभन्दा धनी भए तापनि समाजका लागि केही गरुँ भन्ने भाव नभएको महसुस भएर आफैप्रति ग्लानी मानेको पनि कृतिमै उल्लेख भावले प्रष्ट पारेको छ । उनले समाजका लागि केही गरौं भन्ने अभिप्रायले रामायण अनुवाद गर्न प्रेरणा प्राप्त गरेको पनि कृतिमा भेटिन्छ । तर उनकै रचनाबाट प्रभावित नेपाली समाजले यस्ता कुरा सिक्न जरुरी छ ! भानुभक्तबाट अहिलेको पुस्ताले भाषा प्रतिको मोह सिक्न जरूरी छ । धेरै कविहरूले संस्कृतमा कविता लेखेका थिए । तर आचार्यले नेपाली भाषामा लेख्न सुरू गरेर नेपाली समाजलाई ठूलो गुण लगाएका छन् । यसले भाषालाई मात्र लोकप्रिय नबनाएर, राणा शासकहरूबाट उनले स्वीकृति पनि प्राप्त गरेको कृतिले प्रष्ट पार्दछ । रामको वीर कारनामाहरूको प्रति आचार्यको परोपकारिताले उनको कथा नेपाली बोल्ने मानिसमा पहुँच पु¥याउने आधारशिला बनेको छ ।
अधिकांश मानिसहरूले संस्कृत बुझ्दैन थिए । त्यसैले उनले महाकाव्यलाई नेपाली भाषामा अनुवाद गरेर रामायणको काल्पनिक कथा शैलीको संरक्षण गर्दै सर्वसाधारणको घर–घरमा गुञ्जिएको देखिन्छ । विद्वानहरूले उनको अनुवाद “भाव र मर्मा” लाई समान गीतको सार बोकेको भनेका पनि छन् । जुन कविता जस्तो आवाज लाग्नुको सट्टा क्षेत्रिय प्रभाव वा रामायणको भित्री अर्थलाई विकृत नगरी गीतको जस्तो लाग्छ । जसरी पृथ्वीनारायण शाहले टुक्रिएको नेपाललाई एकीकरण गरेर विशाल राष्ट्र बनाए त्यसरी नै कवि भानुभक्तले छरिएर रहेको नेपाली भाषालाई एकीकरण गरेको प्रष्ट छ ! रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गर्ने उनी पहिलो लेखक यत्तिकै कहलाएका होइनन् ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ