spot_img

ताजा अपडेट

साहित्यिक चौतारी जापान शाखाको बार्षिकोत्सव सम्पन्न

- Advertisement -

काबिल सम्बाददाता
वीरगन्ज
देश विदेशमा गरी दर्जनौं शाखा रहेको साहित्यिक चौतारी नेपाल जापान शाखाको दोस्रो वार्षिकोत्सव सप्पन्न भएको छ । साहित्यिक चौतारी नेपालको जापान शाखाको दोस्रो बार्षिकोत्सव सोमबार सम्पन्न भएको हो ।
जुम भर्चुअल माध्यमबाट भएको सो कार्यक्रममा साहित्यिक चौतारी नेपाल जापान शाखाले आफूले संचालन गरेको पाठशालामा निरन्तर प्रशिक्षकको रूपमा योगदान गर्नेे पाँच श्रष्टाहरुलाई सम्मान पनि गरेको छ । सो शाखाको दोस्रो वार्षिकोत्सवमा सम्मानित हुनेहरू ‘हाइकु प्रशिक्षक’ प्राध्यापक रामकुमार पाण्डे, ‘मुक्तक प्रशिक्षक’ के. बी.पारखी, ‘कोपिला विधाका प्रशिक्षक’ गिरीराज डल्लाकोटी तथा ‘छन्द प्रशिक्षक’ विदुर अधिकारी र वीरेन्द्र नेपाल रहेको साहित्यिक चौतारी नेपालको केन्द्रीय अध्यक्ष गीता भण्डारीले बताइन् । वरिष्ठ साहित्यकार, समाज शास्त्री तथा नियात्राकार प्रतीक ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको उनको भनाइ छ ।


नेपाली भाषा साहित्य जगतकी शसक्त महिला अभियन्ता समेत रहेकी अध्यक्ष भण्डारी सहित वरिष्ठ साहित्यकार, समाजसेवी एवम् विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु ‘परदेशी’, जापान शाखाका संस्थापक अध्यक्ष एवम् संरक्षक विन्दा पराजुली लगायतले नेपाली साहित्यको हाँगा अझै विश्वमा फैलाउन सक्नु पर्ने शुभकामना मंतव्यका दिएको कार्यक्रममा सहभागी साहित्यकार रोसन पराजुलीले बताए । साहित्यकार एवं कुशल प्रस्तोता कृतिका लौडारी सहित साहित्यकारहरु केशव ढकाल, कल्पना भट्टराई, अमेरिकाबाट साहित्यकार अञ्जना न्यौपाने, इलामबाट कवि एवं गजलकार वेद प्रसाद रिजाल, साहित्यकार अम्बिका दाहाल, भारतबाट अतिथि साहित्यकार कुमार थापा स्वस्तिका दाहाल, सुशील आचार्यले रचना वाचन समेत गरेको जनाइएको छ ।
जापान शाखाका अध्यक्ष छन्द कवि तथा गजलकार अमरदेब बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सरीता ढकालले स्वागत मन्तव्य व्यक्त गरेको र सहजीकरण संस्थाकी सदस्य शारदा पाण्डेले गरेको सहभागी साहित्यकारहरुले जनाए । मुलुक भित्र मात्र नभई विश्वका विभिन्न देशमा छरिएर रहेका साहित्यकार र उनीहरुका रचनालाई जीवन्त बनाउदै अगाडी बढ्ने उद्देश्य सहित गठन भएको संस्थाको हरेक महिनामा यस्ता विभिन्न गतिविधि हुने गरेको साहित्य चौतारी नेपालकको केन्द्रिय अध्यक्ष भण्डारीले प्रष्ट पारिन् ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ