spot_img

ताजा अपडेट

कालो गुलाफलाई २०८० को नारायणी वाङ्गमय पुरस्कार

- Advertisement -

वीरगंज, १८ असार । नारायणी वाङ्गमय प्रतिष्ठान वीरगंजले २०८० को नारायणी वाङ्गमय पुरस्कार कृति ‘कालो गुलाफ’लाई प्रदान गर्ने निर्णय गरेको छ ।

भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा प्रदान गर्ने भएको सो पुरस्कार २०८० को लागि गोपाल अश्कको कालो गुलाफ कथा संग्रहलाई प्रदान गरिने भएको मूल्याँकन समितिका सदस्य नवराज रिजालले बताए ।

प्राध्यापक केशब सुवेदी संयोजक रहेको मूल्याँकन समितिमा सदस्यहरु गीता भण्डारी र नवराज रिजाल रहेका थिए । सो ३ सदस्य टोलीले नारायणी लगायत मधेश प्रदेशका विभिन्न जिल्लाबाट प्राप्त कृतिहरु मध्ये उत्कृष्ठ एक कृतिलाई छनोट गरिएको जनाएका हुन् । गएको असार १६ गते बसेको मुल्याङ्कन समितिको बैठकले २०८० को पुरस्कार उक्त कृतिलाई प्रदान गर्ने निर्णय गरेको अर्का मूल्याँकन समिति सदस्य गीता भण्डारीले बताइन् ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ