spot_img

वडाध्यक्षलाई पत्र लेखी सुनचाँदी व्यवसायी फरार

गीता भण्डारी
वीरगन्ज
झापा गौरादह नगरपालिका १ का सोमराज विश्वकर्मा आफ्नो वडाका वडाध्यक्षलाई फेसबुकको म्यासेन्जरमा एउटा पत्र लेखेर सम्पर्क बिहिन भएका छन् । झापा गौरादहकै सबैभन्दा ठूलो कारोवार गर्ने सुनचाँदी व्यवसायीको रुपमा चिनिएका विश्वकर्माले आफूले धान्न नसक्ने गरी कारोबार बिग्रेकाले सम्हाल नसकेको भन्दै वडाध्यक्षलाई पत्र लेखी सम्पर्क बिहिन भएका छन् ।
परिवार र बालबच्चालाई समेत छोडेर आफूलाई नखोज्न भन्दै पत्रमा उल्लेख गरेको गौरादहका स्थानीयले बताए । गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले फेसबुक म्यासेन्जर मार्फत पत्र प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय झापामा खोजी गर्न निवेदन दिइएको समेत जनाए । कोभिडपछि आर्थिक मन्दीका कारण व्यवसाय गर्न नसक्ने अवस्थामा पुगेको व्यवसायीले पत्रमा उल्लेख गरेको उनको भनाइ छ । आर्थिक मन्दीका कारण हिडेको पत्रमा उल्लेख गर्ने व्यवसायी विश्वकर्माले उद्योग वाणिज्य संघलाई लिए र दिएको हिसाव रेकर्डका आधारमा व्यवहार मिलाउन सहजीकरणका लागि समेत आग्रह गरेको खुलेको छ । बैंकमा राखिएको सबै गरगहना र हिसावको रेकर्ड राखेको हुँदा सोही अनुसार मिलाइदिन वडाध्यक्षलाई पनि आग्रह गरेको जनाइएको छ ।
‘लेनदेनका क्रममा साँवाभन्दा व्याज बढि दिएको फरार व्यवसायी विश्वकर्माले सो पत्रमा उल्लेख गरेको भेटिएको छ । व्यवसायी सम्पर्क विहीन भएपछि आईतवारबाट वडा कार्यालयमा कारोवार गर्नेहरुले उजुरी दिन थालेको वडाध्यक्ष भण्डारीले जानकारी दिए । अहिले प्रारम्भिक अध्ययनले एकदेखि डेढ करोडको सम्पत्ति बाहिर देखिन्छ भने अरु सम्पती विस्तारै खोजी हुने उनको भनाइ छ । त्यसका लागि प्रशासनलाई समेत जानकारी दिएका छौं, उनले थपे । विश्वकर्माले करिव १५ देखि २० करोड ऋण सापटी चलाएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष भण्डारीको भनाइ छ ।
उता सुनँचादी व्यावसायिको पत्रद्वारा सार्वजनिक कुरा त एउटा उदाहरण मात्रै हो ! यो भन्दा पहिले पेट्रोल खन्याएर आत्महत्या गर्ने र यस्ता कार्यमा प्रोत्साहित गर्ने, बैक तथा बित्तीय क्षेत्रको तरलता लगायत मन्दीको कारण अहिले देशमा भइरहेको अर्थतन्त्रको असर बिस्तारै–बिस्तारै बड्दै गएको हुनसक्ने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्
neelambads

—● ताजा अपडेट्स ●

—● सम्बन्धित खबर ●