काबिल सम्वाददाता
वीरगन्ज
नेपालले पनि मानव अधिकार संरक्षण र संबद्र्धनका लागि अन्तराष्ट्रिय फौजदारी अदालत स्थापनाको रोम विधान अनुमोदन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री (प्रम) तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाइएको छ । इन्सेक पर्साका प्रतिनिधि तुलसी भण्डारीको अगुवाईमा यहाँका अधिकारकर्मीहरु सहितको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयलाई १७ जुलाईको अवसर पारी ज्ञापन पत्र बुझाएको हो ।
संसार भरका १ सय २३ पक्ष राष्ट्रहरुले अन्तर्राष्ट्रिय फौजदारी अदालत स्थापनाको रोम विधान १७ जुलाईको स्मरणमा अन्तराष्ट्रिय न्याय दिवस मनाउने गरेका छन् । नेपाल पनि मानव अधिकारको संरक्षण र संवद्र्धनका लागि विभिन्न सन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको पक्ष राष्ट्र हुनुको नाताले अन्तर्राष्ट्रिय फौजदारी अदालत स्थापनामा पनि पक्ष राष्ट्र हुनुपर्ने माग राखी इन्सेक पर्साका प्रतिनिधि तुलसी भण्डारी सहितका अधिकारकर्मीले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइएको इन्सेक प्रतिनिधि भण्डारीले बताउनु भयो ।
ज्ञापन पत्र बुझाउने क्रममा इन्सेक पर्सा प्रतिनिधि भण्डारी सहित नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खड्का, प्रेस चौतारी नेपाल पर्साका कोषाध्यक्ष सन्तोष पटेल लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्

