काबिल सम्वाददाता
वीरगन्ज
विवाह गर्छु भनी फकाएर ०७९ साल असोज ७ गते एक १० कक्षामा अध्ययनरत छात्रालाई जबरजस्ती करणी (जजक) गरी फरार रहेका २५ वर्षीय रोहण केशरी असार ३० गते गिरफ्तार भएका छन् । पीडितले घटना भएको भोलीपल्ट वीरगन्जको नारायणी अस्पतालमा स्वास्थ परिक्षण गराउनुको साथै पर्सा प्रहरीमा उजुरी दिएको थियो । पर्सा जिल्ला अदालतका जिल्ला न्यायधिश मुन्ना सिंहले २०८१ असार २३ गते २०७९‐ सी१ ‐०४८१ नम्बरको सो मुद्दा माथि सुनुवाई गर्दै केशरीलाई कसुरदार ठहर गरी ७ बर्ष कैद र ३ लाख ३७ हजार जरिवाना तोकेको पर्सा जिल्ला अदालतको श्रेस्तेदार प्रभावकर मल्लिकले बताए । सोही मुद्दामा कसरदार ठहर भएदेखि केशरी फरार रहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक चक्र मल्ले बताए ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र पर्सा प्रहरीको संयुक्त प्रहरी टोलीले काठमाण्डौको गोल्डेन गेट अगाडीबाट असार ३० गते गिरफ्तार गरी पर्सा जिल्ला अदालतमा पेश गरिएको पर्साका प्रहरी नायव उपरिक्षक मल्लको भनाइ छ । कसुरदारले कक्षा १० मा अध्ययनरत स्थानीय बालिकालाई फकाई जजक गरेको पुष्टि भई फरार रहेको समयमा उनी गिरफ्तार भएको पर्सा प्रहरीले जनाएको छ ।

