spot_img

ताजा अपडेट

उज्यालो हुँदासम्म रहेनन् इलामे जनताका ढुकढुकी

- Advertisement -

पार्थिव शरीर बुधबारसम्म पार्टी कार्यालयमा राखिने

निर्मला भण्डारी
इलामे जनतामा मनको ढुकढुकी सुवासचन्द्र नेम्वाङ मंगलबार बिहानको उज्यालो देख्न नपाई अस्ताए । कलियुगमा पाप नगरेको मानिसमात्र विना शारीरिक पीडा परलोक जान्छ भन्ने पूर्वजहरुको उक्ति जस्तै उनी रोगाएर कसैलाई दुःख नदिई सुटुक्क अस्ताएका हुन् ।
नेकपा एमालेका उपाध्यक्ष, एमालेका संसदीय दलका उपनेता तथा संविधानसभाका अध्यक्ष र प्रतिनिधि सभाको वर्तमान सांसदसमेत रहेका सुवास नेम्वाङको पार्थिव शरीर भोलि दिउँसोसम्म पार्टी कार्यालय च्यासलमा राख्ने एमालेले निर्णय गरेको छ । एमालेको मंगलबार बसेको सचिवालय बैठकले भोलि दिउँसोसम्म अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर एमाले मुख्यालयमा राख्ने निर्णय गरेको हो ।
कुशल राजनीतिज्ञ नेम्वाङको निधनले राजनीतिक वृत्तमा ठूलो क्षति पु¥याएको छ । उनको मंगलबार बिहान करिब १ बजे तिर हृदयघात भई महाराजगञ्जस्थित टिचिङ अस्पताल पु¥याउँदा चिकित्सकले बचाउन नसकेको खुलेको छ । उनको पार्थिव शरीरलाई पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् । एमालेले आफ्ना सबै कार्यालयमा पार्टीको झन्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरेको पनि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । आउँदो असोज २ गते एमालेले श्रद्धाञ्जली सभा गर्ने पनि जनाइएको छ ।
२०२८ सालबाट राजनीतिक जीवनमा जोडिएका उनको छवि निष्कलंक, शालीन र सभ्य नेताका रुपमा स्थापित छ । लामो समयसम्म विभिन्न पदमा आशिन उनी भ्रष्टाचार प्रकरणमा कतै नमुछिएका नेता पर्छन् । नेपालका उच्च पदमा पुगका नेता र उनका आफन्त तथा छोराहरु बाबुको पदको दूरुपयोग गरी अकुत सम्पति कमाइरहेको पछिल्लो परिदृष्य जस्तो नेता नेम्वाङका छोराहरुले भने त्यस्तो गरेको कतै सुन्न परेन । बाबुकै पदचिन्नमा हिड्ने छोराहरु भएकोले पद र पावरको दूरुपयोगमा नरमाई र आफ्नै खुट्टामा उभिने प्रयत्न गरेको पाइएको छ । इमानको राजनीतिज्ञ रहेकै कारण उनका छोराहरु विदेशी भूमिमा आफ्नै पौरख फुलाउन गएको तथ्यले खुलेको छ । उनका छोराहरु आइसकेपछि मात्र नेता नेम्वाङको अन्तेष्टी गर्ने पनि खुलासा गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ