काबिल सम्वाददाता
काठमाण्डौ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र (बालेन) साह नेपालको नयाँ प्रधानमन्त्री बनेका छन् । उनलाई पद तथा गोपनीयताको सपथ शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले गराएका छन् ।
प्रधानमन्त्री साहको नेतृत्वमा १५ सदस्यीय नयाँ मन्त्रिपरिषद् पनि चैत १३ गते नै गठन भएको छ । नयाँ मन्त्रीपरिषद्का प्रधानमन्त्री तथा मन्त्रीहरु सबैले शुक्रबार मध्यान्ह राष्ट्रपति कार्यालयमा आयोजित बिशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिइसकेका हुन् ।
नयाँ बन्न मन्त्रीपरिषद्मा ः
बालेन्द्र (बालेन) साहः प्रधानमन्त्ती, उद्योग तथा रक्षा
डा. स्वर्णिम वाग्लेः अर्थमन्त्री
सुधन गुरूङः गृहमन्त्री
शिशिर खनाल ः परराष्ट्रमन्त्री
सुनील लम्साल ः भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री
विराजभक्त श्रेष्ठः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री
खड्गराज पौडेलः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
सस्मित पोखरेलः शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्री
निशा मेहताः स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री
डा विक्रम तिमिल्सिनाः सञ्चार तथा सूचना प्रविधिमन्त्री
प्रतिभा रावलः सामान्य प्रशासन तथा भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री
सोविता गौतम ः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री
गीता चौधरीः कृषि तथा पशुपक्षी एवं वन तथा वातावारणमन्त्री
डा दीपक साहः श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री
सीता वादी ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री
रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने अहिले प्रधानमन्त्री साहले आफैँ सम्हालेका छन् । राष्ट्रपति पौडेलले बिहान साहलाई नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित भए । समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ठ श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित भएका छन् ।

