काबिल सम्वाददाता
वीरगन्ज
पर्सा मदिरा व्यवसायी संघ पुनः चिनिलाल पटेलको नेतृत्वमा निर्विरोध निर्वाचित भएको छ । संघको सम्पन्न प्रथम वार्षिक साधारण सभाले पटेलको नेतृत्वमा पुनः नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको हो ।
वीरगन्जको होटेल पुजनमा शनिबार भएको संघको प्रथम साधारण सभाले पटेलकै नेतृत्वमा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको संघ निर्वाचनका लागि खटेका मुख्य निर्वाचन अधिकृत रामनारायण कुर्मीले बताए । निर्वाचित नयाँ कार्य समितिको उपाध्यक्षमा संदिप कुमार गुप्ता र महासचिवमा प्रदिप कुमार लोहार पनि पुनः निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पर्सा बार ईकाइका अध्यक्ष समेत रहेका रामनारायण कुर्मीले बताए । त्यसै गरी सचिवमा रविन्द्र प्रताप साह, कोषाध्यक्षमा राकेश कुमार साह र सदस्यहरुमा मनिष प्रसाद कलवार, अनिल कुमार चापागाई, राम कुमार यादव र रंजित जयसवाल पनि पुनः निर्विरोध निर्वाचित भएको अर्का निर्वाचन अधिकृत जिष्णु बराल र संजय साहले पनि बताए । खुल्ला शत्र समापन भए लगत्तै सोही ठाउँमा भएको बन्द शत्र पछि नयाँ कार्य समिति निर्वाचित गरेको मुख्य निर्वाचन अधिकृत कुर्मीले बताए ।

खुल्ला शत्रको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले उद्घाटन गरेको थिए । सो क्रममा प्रमुख अतिथि समेत रहेका वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष गौतमले राज्यले मदिरा व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको बताए । व्यक्तिगत रुपमा राज्यलाई बढि राजश्व दिने मदिरा व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक बनाउनु पर्नेमा उनको सुझाव थियो ।

कार्यक्रममा नेपाल बार एकाई पर्साका अध्यक्ष तथा मुख्य निर्वाचन अधिकृत कुर्मी, अर्का निर्वाचन अधिकृत जिष्णु बराल, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा पर्सा इन्चार्ज, राजधानी दैनिकका मधेश व्यूरो प्रमुख तुलसी भण्डारी, नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष युवराज खड्का, लगायतका बक्ताले संघको संरक्षण ,सम्बद्र्धन, बिकास तथा समृद्धिको लागि शुभकामना मनतव्य व्यक्त गरेका थिए । खुल्ला शत्रमा संघका उपाध्यक्ष सन्दीप गुप्ताले स्वागत मन्तव्य र महासचिव प्रदिप लोहारले संगाठनिक गतिविधिका बारेमा बताएका थिए ।
बन्द शत्रमा पनि महासचिव लोहारले सांगठनिक प्रतिबेदन तथा कोषाध्यक्ष राकेश साहले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघको बार्षिक साधारण सभा सम्पन्न भएको सहभागीहरुले बताए । बन्द शत्रले संघको नयाँ नेतृत्व पनि शनिबार नै निर्वाचित गरेको उनीहरुको भनाइ छ ।

निर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई शपथ गराई शनिबार नै प्रमाणपत्र पनि प्रदान गरिएको निर्वाचन समितिले जनाएको छ । कार्यक्रममा सबै सदस्य तथा प्रतिनिधिहरुलाई पनि सदस्यताको प्रमाणपत्र बितरण गरिएको थियो ।

