spot_img

ताजा अपडेट

पर्सामा पनि एमालेको प्रदर्शन र कोणसभा

काबिल सम्वाददाता
वीरगन्ज
मुलुकका अरु जिल्लामा झैं पर्सामा पनि नेकपा एमालेले प्रदर्शन र सभा गरेको छ । वीरगन्जको रातो बंगलाबाट प्रदर्शन सुरु भई नगर परिक्रममा पछि घण्टाघर चोकमा पुगेर कोण सभा भएको छ । कोणसभालाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा पर्साका इन्चार्ज प्रभु हजाराले संबोधन गर्दै एमालेको नेतृत्व र विचार ठिक भएकोले सबै मिलेर एमालेलाई जेनजीका नाममा कमजोर बनाउन खोजेको आरोप लगाए । एमालेको नेतृत्व र विचार ठिक भएकाले एमालेको साख कमजोर बनाउन हतोत्साही बनाउन चारै तर्फबाट आक्रमणको निशाना बनाएको उनको तर्क छ । देश र संविधानको रक्षा गर्न एमालेले मात्रै सक्ने भएकोले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न एमालेजन तत्पर रहनुपर्ने नेता हजाराले बताए ।
अहिलेको लडाई भनेको देशको स्वतन्त्रताको रक्षा र पराधिन बनाउने बिचको संघर्ष भएकोले एमालेको सही नेतृत्व र विचारले सबैलाई सही बाटोमा ल्याउन पर्ने एमाले पर्साका नेता कार्यकर्ताले जोड दिए । एमाले पर्साका अध्यक्ष डा विश्वम्भर शर्माले एमालेका नेता तथा कार्यकर्ताको मनोवल गिराउन गत भदौ २४ गते एमाले पार्टी कार्यालयहरू र नेताका घरहरू छानीछानी जलाइएको प्रशंग जोड्दै जेनजी आन्दोलनका नाममा भएको गलत कार्यलाई नेपालका सुरक्षाकर्मीले पनि चुप लागेर हेर्नु युक्तिसंगत नभएको तर्क गरे ।
आफ्नो परमाधीपतिको कार्यालय सुरक्षा गर्न नसक्ने, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको सर्वोच्च कार्यालयहरु सेना र सशस्त्रले समेत जोगाउन नसक्ने हो भने नेपाली जनताको करबाट उनीहरुलाई पालिराख्न नेपाली जनता बाध्य नहुने पनि उनको तर्क छ । जेनजीको नामको आन्दोलनले व्यवस्थापिका, न्यायपालिका र मुलुकको सर्वोच्चताको इतिहास नामेट पार्ने गरी आगो लगाउने काम भएको छ, यो क्षम्य नभएको एमाले नेताहरुको दावी छ । वर्तमान देशको संकट एमालेको अगुवाइमा मात्र किनारा लाग्ने पनि एमाले पर्साका नेताहरुको दावी छ ।
कार्यक्रममा एमालेका केन्द्रिय सदस्य निर्मला देवकोटा, केन्द्रिय सल्लाहकार जालिम मिया, प्रदेशका पदाधिकारी, सदस्य, जिल्लाका पदाधिकारी, सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्य र पार्टीबाट निर्वाचित विभिन्न पालिकाका प्रमुख तथा पदाधिकारी र सदस्यलगायतको संलग्नता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ