काबिल सम्वाददाता
पर्सा
जेनजीहरु मुलुकको भविष्य हुन् । तर मुलुको भविष्य नै गलत क्रियाकलापमा संलग्न हुन्छ भने त्यो राम्रो संकेत होइन । पर्सामा यस्तै गलत कार्यका दुई घटनामा तीन जेनजीहरु संलग्न भई पक्राउ परेका छन् । उनीहरुसँग एक अधवैंशे पुरुष पनि पक्राउ परेका छन् । जेनजीहरु मध्ये एक अवैध वित्तीय रकम सहित र दुईजना जुवाको खालबाट पक्राउ परेको पर्सा प्रहरीले पुष्टि गरेको हो ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ ९क० ले गर्न नहुने भनी बर्जित गरेको अवैध हुण्डी रकम सहित वीरगन्ज महानगरपालिका १६ का १९ वर्षीय किशन यादव पक्राउ परेको पर्सा प्रहरीले पुष्टि गरेको छ। अभियुक्त यादव जेनजी समूहका हुन् । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार ऐनले बर्जित गरेको अवैध रकम ४ लाख ३४ हजार साथमा नै लिएर हिडिरहेको समयमा उनी पक्राउ परेको पर्साका प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए ।
मुलुकी संहिताको १२५ दफाको (क) मा हुण्डी सम्बन्धी कारोवार गर्न नहुने भनी बर्जित गरेको छ । सो ऐनले उल्लेख गरे पनि यादवले भने श्रोत नखुलेको ४ लाख ३४ हजार हुण्डी रकम आफूले लगाएको पाइन्टमा नै बोकी नजानिदो तरिकाले पैदल हिड्दै गरेको समयमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीलाई प्राप्त बिशेष सूचनाको आधारमा आर्ईतबार दिउसो १२ बजेको समयमा पर्साको वीरगन्ज–१०, आदर्शनगरस्थित नबिल बैंकको अगाडी सडक खण्डबाट उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीको भनाइ छ । अवैध दशीसहित फेला परेका अभियुक्तलाई मुलुकी अपराध संहिताको आकर्षित दफा १२५ को (क) बमोजिमको कसूरमा जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको पनि पर्सा प्रहरीले जनाएको छ ।
त्यसै गरी पर्सा प्रहरीले आईतबार नै तासकोखालबाट थप दुई जेनसी र अर्का एक अधवैशेलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जेनजीहरु तर्फ वीरगन्ज १६ का २० वर्षीय रोहित रौनियार र वीरगन्ज १५ का २५ वर्षीय अनन्त कुमार गुप्ता सहित वडा नम्बर १६ कै ३० बर्षीय (अधवैंशे) श्यामबाबु राय रहेको पनि पर्सा प्रहरीले जनाएको छ । जुवाको खालबाट पक्राउ परेका उक्त तीनै जनाबाट ५० हजार ७ सय ५५ रुपैया नेपाली नोट पनि बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्