spot_img

ताजा अपडेट

शेख मुन्नाले दिए २५ पत्रकारलाई प्रेस ज्याकेट

काबिल सम्वाददाता
   वीरगन्ज
हरेक आन्दोलन वा भिडभाडमा सकृय हुनुपर्ने पत्रकारले सामुन्नेका घटना मात्र नभई लुकेका तथ्य पनि बाहिर ल्याउने भएकोले पत्रकारको अझ हौसला बढाउन र समाजका अन्य तथ्यगत कुरा बाहिर ल्याउन बल पुगोस् भनी स्थानीय अभियन्ता शेख मुन्नाले पर्साका २५ जना पत्रकारहरुलाई प्रेस ज्याकेट प्रदान गरेका छन् । उनले तेजारथ टोलस्थित एक संचारकर्मीहरुको सांगठनिक कार्यालय परिषरमा नै कार्र्याक्रम आयोजना गरी पर्सेली पत्रकारहरुलाई प्रेस ज्याकेट प्रदान गरेका हुन् ।
पत्रकारको सकृयता विना समाजभित्र लुकेर बसेका कुनै पनि घटना बाहिर ल्याउन सम्भव छैन । त्यसैले संचारकर्मीहरुको मनोबल उच्च राख्न आफूले अरु कदमभन्दा संचारकर्ममा लाग्ने साथीहरुलाई थोरै भए पनि प्रेस ज्याकेट उपलब्ध गराएर संचारमैत्री कार्य गर्ने जमर्को गरेको शेख मुन्नाले बताए । यो कदम आफ्नो एकल प्रयासबाट नै भएको उनको भनाइ छ ।
आगामी दिनमा पनि जाडो र गर्मी दुवै सिजनमा पर्सेली पत्रकारहरु मध्ये केहीलाई आफूले सकेजति प्रेस ज्याकेट र ट्रयाक उपलब्ध गराउँदै जाने पनि उनको भनाइ छ । जब न्यायालय, राज्य र समाजले समेत कसैलाई न्याय दिंदैन भने संचारकर्मी सामु पीडा पोख्ने र काम निकाल्ने चलन पुरानै हो । अझ राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ताले त प्रत्रकारलाई प्रयोग मात्र गर्ने गरेका छन् । यसरी पत्रकारलाई प्रयोग र गाली गर्ने मात्र शैली नै गलत भएको निश्कर्ष सहित पत्रकारहरुलाई सम्मान गर्नु पर्छ भनेर आफूले यो कदम चालेको अभियन्ता शेख मुन्नाले बताए ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ