तुलसी भण्डारी
वीरगन्ज
अप्रत्यासित मौसमी वर्षाले पर्साका विभिन्न पालिकामा डुवान हुँदा १ सय ७७ जना मानिस र ५० घर परिवारको उद्दार गरी सुरक्षित ठाउँमा सारिएको छ । उद्दार गरिएका मानिस र ५० वटा चौपाया गाई, वीरगन्ज महानगरपालिका, जगरनाथपुर गाउँपालिका, बहुदरमाई नगरपालिका र धोबिनी गाउँपालिकाका रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिपराज पाठकले बताए । जिल्लाका अन्य ठाउँबाट भने मानिसकै उद्दार गर्नु नपरेको उनको भनाई छ ।

महानगरको बीच भएर बग्ने सिर्सिया नदीमा आएको बाडी नदी भरिएर बस्तीमा पसेपछि वीरगन्ज महानगरकाका वडा नम्बर १, २, ३, ५, ११, १६, २३ र २४ वडा डुवानमा परेको वीरगन्ज महानगरपालिकाका महानगरप्रमुख राजेशमान सिंहले बताए । ती वडामा पसेको बाडी र डुवानका कारण प्रत्यक्ष अप्रत्यक्ष ४ सय जति घर परिवार प्रभावित भएको उनको भनाइ छ ।
महानगरको बस्तीमा नदीको पानी प्रवेश गरेपछि ४७ घर परिवारलाई उद्दार गर्नु परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । त्यसै गरी पालिका तर्फ भने जगरनाथपुर, बहुदरमाई र धोबिनी गाउँपालिकामा पनि एक÷एक घर परिवारलाई उद्दार गरी सुरक्षित ठाउँमा सारिएको पर्साका प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए । यसको अलावा वीरगन्ज २४ रामगढवामा रहेको एउटा गाई गोठबाट ५० वटा गाईको पनि उद्दार गरी सुरक्षित ठाउँमा सारिएको उहाँले पुष्टि गरे । उद्दार गरिएका मानिसहरुलाई आफन्त, छिमेकी, नेपाली कांगे्रस पर्साको पार्टी कार्यालय, र शिवपार्वती धर्मशाला र नजिकका विद्यालय तथा धर्मशालामा राखिएको पनि उनले जनाए ।
पर्सामा हजारौं विघा धानखेत र सयौं घर डुवानमा

पर्साको ग्रामीण क्षेत्र तर्फ भने हजारौं बिघा धान खेत र सर्वसाधाणका सयौं घर डुबानमा परेका छन् । दुई दिनदेखि परेको अबिरल बर्षा आईतबार बिहानदेखि रोकिए पनि उत्तरतर्फबाट नदिमा आएको ठूलो बहावले जिल्लाका सिर्सिया, तिलावे, भेडाहालगायतका नदी भरिएर कतिपय ठाँउमा खेती गरिएको जमिन र बस्तीमा समेत डुवान भएको जिल्ला विपत् व्यवस्थापन समिति संयोजक एवं पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए ।
विभिन्न पालिकाहरुका निम्न ठाउँमा डुवान
समग्र जिल्ला तर्फ पोखरिया नगरपालिकाको वडा नम्बर ९ को वैरिया, सतवरिया, छिपहरमाई गाउँपालिकाको जय मांगलापुर, ट्युकी भिश्वा बुढगार्इं, धोबनी गाउँपालिकाको हरिहरपुर, आसवारी, भीखमपुर वर्षात्को पानीबाट डुवानमा परेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । त्यसै गरी पकाहामैनपुर गाउँपालिकाको खेसराहा, धोबिया टोला, सबैठुवा, धोरे, जगन्नाथपुर गाउँपालिकाको मसिहानी सुपुर मधुवाहा, बहुदरमाई नगरपालिकाको रामनगरी डोकैला बहुवरी, बिन्दवासनी गाउँपालिकाको अमरपट्टी, इटियाही झ्यौउवा, पर्सौनी भाठा गर्दवल लगायतका गाउँहरूको हजारौं विघा धान खेत डुबानमा परेको विपत् व्यवस्थापन समिति पर्साले जनाएको छ ।
डुवानमा परेका ठाउँका फुसका घर भएका सर्वसाधारणको घर समेत डुवानमा पर्दा स्थानीय जनजीवन प्रभावित भएको छ । ग्रामिण क्षेत्रमा रहेको ईलाका प्रहरी कार्यालय पोखरियाले पनि धेरै धानखेत र सर्वसाधारणका घर डुवानमा परेको जनाएको हो ।
ग्रामिण क्षेत्र र सदरमुकाम सम्पर्क विच्छेद

अविरल वर्षासँगँ आएको बाडी र डुवान तथा कटानले सदरमुकाम ग्रामिण क्षेत्रको सम्पर्क विच्छेद गराएको छ । पानीले सडक जलमग्न र कतै कटान हुँदा ग्रामिणवस्तीको सदरमुकाममा आवागमन अवरुद्ध भएको हो जिल्लाको दोस्रो सदरमुकामका रुपमा चिनिएको पोखरिया हुँदै वीरगन्ज आउने सडकको पोखरिया ९ सवैया लच्कापुल, पकाहामैनपुर जाने बाटोको पर्सौनी भाठा स्थित लच्का पुल, र हुलाकी राजमार्ग अन्तर्गत रामनगरी र बहुवर्वाभठाको बीचमा होचो सडकखण्डबाट अत्याधिक पानीको बहाव हुँदा सदरमुकामसँगको आवागमन अवरुद्ध भएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । बिहानदेखि पानी रोकिएपछि हुलाकी राजमार्ग अन्तर्गतको सडक चाही सामान्य संचालनमा आएको स्थानीयले बताए । अन्यत्रका सडकहरुबाट भने आवागमन अवरुद्ध नै रहेको ग्रामिण अवस्था बुझ्न निस्कनु भएका प्रमुख जिल्ला अधिकारी रोकिएको पनि उनको तर्क छ ।
प्रतिक्रिया लेख्नुहोस्