spot_img

ताजा अपडेट

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका, मंसिर १–१० गतेसम्म दल दर्ताको अवधि

काबिल सम्वाददाता
काठमाण्डौ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका निर्वाचन आयोगले स्वीकृत गरेको छ । निर्वाचन आयोगबाट स्वीकृत कार्यतालिका अनुसार यहि आउने मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि नेपालका राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको जनाइएको छ ।
मंगलबार आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कार्यक्रम सार्वजनिक गरेको हो । सार्वजनिक कार्यक्रम तालिकामा आगामी माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने उल्लेख गरिएको छ । । यस्तै, निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्ने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि लागु हुने पनि उल्लेख गरिएको छ ।
नेपालको बद्लिदो परिस्थिति अनुसार अप्रत्यासित रुपमा सरकार परिवर्तन भई गर्न लागेको आगामी फागुन २१ गतेको निर्वाचन बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुने पनि आयोगले जनाएको छ । दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका सङ्कलन भएपछि मतगणना पनि प्रारम्भ हुने आयोगका प्रवक्ता भट्टराईले जनाएका छन् । समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, पुस १८ र १९ गते बन्दसूची पेस गर्नुपर्ने कार्यक्रम रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।
निर्वाचनमा राजनीतिक दल एवं सरोकारहरूसँग आपसी समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आयोगले विभिन्न समयमा विभिन्न परामर्श तथा छलफल गर्ने समेत विज्ञप्तीमा जनाइएको छ । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले आगामी कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने निर्वाचन आयोगको प्रष्ट भनाइ रहेको पाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ