spot_img

ताजा अपडेट

मधेस प्रदेश सरकारका मुख्यमन्त्री र सभामुखबीच भेटघाट

धनुषा, ३ असोजः मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहसँग सभामुख रामचन्द्र मण्डलले आज मुख्यमन्त्री निवास जनकपुरधाममा भेटघाट गर्नुभएको छ ।
सो भेटघाटमा मधेस प्रदेशसभा सचिवालय तथा मधेस सरकारका अन्य संरचनामा भएका क्षतिका विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले राससलाई जानकारी दिनुभयो । मधेस प्रदेशसभा सचिवालयसहितका प्रदेशसभामा जेनजी प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडपछि उत्पन्न समस्याका विषयमा छलफल भएको जनाइएको छ ।
साथै मधेस प्रदेशसभा सञ्चालनका लागि आवश्यक भौतिक संरचनासहितका अन्य संरचना निर्माणका विषयमा पनि छलफल भएको मधेस प्रदेशका सभामुख मण्डलको सचिवालयले जनाएको छ ।
मधेस प्रदेशसभाका सम्पूर्ण संरचना, संसदीय दलका कार्यालय, स्टोर, मुख्यमन्त्रीको कक्षसहितका संरचना जलेका कारण अहिले नै प्रदेशसभाको बैठक बस्न सक्ने अवस्था नरहेको सभामुखले मुख्यमन्त्रीलाई जानकारी दिनुभयो ।
आफ्नै पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्रीमाथिको विश्वासको मत फिर्ता लिँदै सरकारबाट फिर्ता हुन निर्देशन दिएका कारण मुख्यमन्त्री सिंहले संविधानअनुसार प्रदेशसभाबाट ३० दिनभित्रमा विश्वासको मत लिइसक्नुपर्ने छ । त्यसका लागि पनि मधेस प्रदेशसभाको बैठक आवश्यक छ । रासस
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ