spot_img

ताजा अपडेट

देश समृद्ध बनाउन आयातित वाद होइन, नेपालवाद चाहिन्छ – सभापति पन्त

वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति हरि पन्तले देशलाई समृद्ध बनाउन अब मार्क्सवाद, लेलिनवाद र माओवाद जस्ता आयातित सम्पूर्ण वादहरूको साटो नेपालको हावा–पानी, माटो सुहाउँदो नेपालवाद आवश्यक रहेको बताएका छन् ।
आज बहुदरमाई नगरपालिका–३ नगरदाहमा प्रथम वडा भेलालाई सम्बोधन गर्दै पन्तले माक्र्स, लेनिन र माओले पनि तात्कालिन समयमा आआफ्नो देशको वस्तु र परिस्थितिको अध्ययन र आकलन गरेर ती वादहरू प्रतिपादन गरेकोले यतिबेला हाम्रो देशमा माओवाद, मार्क्सवाद र लेलिनवादको कुनै अर्थनै नरहेको बताए ।
उनले फरक सन्दर्भमा मलेसियालाई त्यहाँका तत्कालीन प्रधानमन्त्री महम्मद महाथीरले २२ वर्षमा, भियतनामलाई हु ची मिनले २४ वर्षमा र सिंगापुरलाइ लि क्वान युले ३१ वर्षमा ढुङ्गाबाट सुन बनाए तर नेपाललाई कांग्रेस, एमाले, माओवादी र मधेशवादी दलहरू मिलेर सुन जस्तो देशलाई दोहन गरेर खरानी बनाएकोले अब देश विकासको विकल्प नै रास्वपा मात्र रहेको दावी गरे ।
भेलाले ११ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको सभापतिमा राजकिशोर साह, राजु यादव उपसभापति, शत्रुधन यादव सचिव र सदस्यहरूमा राजकुमार गुप्ता, वनारसी साह, इम्तियाज आलम, सागर यादव, ललिला देवी, संगीता देवी, सितापती देवी, सफिना खातुन र कुश्मा देवी पासवान रहेका छन् ।
रास्वपा बहुदरमाईका नगर सभापति चन्दन यादवको सभापतित्वमा सम्पन्न उक्त भेलालाई केन्द्रिय सदस्य डा नन्दन यादव, दिलीप कुर्मी, सुदिस प्रजापतिलगायत नेताहरूले सम्बोधन गरेका थिए भने कार्यक्रमको सहजीकरण प्रमोद रायमाझीले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ