spot_img

ताजा अपडेट

स्रोत खुलाउन नसकेको १८ लाखसहित दुईजना पक्राउ

वीरगंज, ३० जेठ । सशस्त्र प्रहरी बल पर्साले स्रोत खुलाउन नसकेको १८ लाखसहित दुईजनालाई पक्राउ गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको छ । शुक्रवार सशस्त्र प्रहरी बल,नेपाल प्र.सि.सु.गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगंज भन्सार कार्यालयको भन्सार चेकजाँच बिन्दु नजीकैबाट भारतबाट नेपाल आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकलमा सवार जिल्ला पर्सा वीरगंज म.न.पा., वडा नं. २ छपकैया बस्ने वर्ष १९ को राहुल कुमार तिवारीलाई स्रोत खुलाउन नसकेको १३ लाखसहित पक्राउ गरेको छ । तिवारीले मोटरसाईकलको एअर फिल्टर बक्समा लुकाई छिपाई अबैध रूपमा चोरी पैठारी गरी ल्याउँदै गरेको रू.१३ लाख बरामद भएपछि अनुसन्धान तथा कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी वीरगंज.–१६ स्थित भन्सार गेटबाट नेपालतर्फ आउँदै गरेको ना ४७ प ९७१० नम्बरको मोटरसाईकलमा सवार जिल्ला बारा, प्रसौनी गा.पा., वडा नं. २ प्रसौनी बस्ने वर्ष ४० को कौशल कुमार गुप्तालाई नगद रु ५ लाखसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । उनले शरीरको विभिन्न भागहरूमा लुकाई छिपाई अबैध रूपमा चोरी पैठारी गरी ल्याउँदै गरेको रू. ५ लाख बरामद भएपछि कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ