spot_img

ताजा अपडेट

प्रविधिको प्रयोग गरी साइबर अपराध गरेको अभियोगमा, तीन चाइनिज पक्राऊ

काबिल सम्बाददाता
वीरगन्ज
कम्प्यूटर, ल्यापटप र मोवाईल जस्ता आधुनिक प्रविधि प्रयोग गरी साइबर क्राइम गरेको ठहर गर्दै पर्सा प्रहरीले तीन चाइनिज नागरिकलाई पक्राउ गरेको छ । उनीहरुले प्रयोग गर्ने ठूलो परिणामको कप्यूटर डेक्सटप (सिपियु), मनिटर, ल्यापटप तथा मोवाइल जस्ता आधुनिक प्रविधि समेत प्रहरीले बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नं. १५ स्थित नन्दु पटेलको घरमा कार्यालय संचालन गरी नेपाली तथा विदेशी नागरिकलाई ठगी गर्ने गरेको पर्सा प्रहरीले जनाएको हो ।
अभियुक्तहरुले सर्वसाधारणलाई ठगी गर्न प्रयोग गरेका कम्प्यूटर डेक्सटप सिपीयू १२० थान, मनिटर ११८ थान, मोवाइल ३५ थान, भारतीय सिमकार्ड १३ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान, विभिन्न बैंकका एटीएम कार्ड ३ थान, किबोर्ड २६ थान, इन्टरनेट स्वीच ५ थान, वाइफाई राउटर २ थान, मिनि इन्भटर २ थान, बिआर ०१ सिएक्स ५७९२ नम्बरको १२० गाडी, प्र.२–०३–०११ प १३६७ नम्बरको मोटरसाइकल थान १ र अभियुक्तका तीनवटा पासपोर्ट समेत बरामद भएको पर्साका प्रहरी उपरिक्षक कुमोद ढुंगेलले पर्सेली संचारकर्मी सामु बताए । अभियुक्तहरुसँग मलेशियन ३७ रिंगिट, नेपाली ५ सय दरका ८६ थान नोट (४३ हजार) कम्बोडियन ३ हजार ५ सय समेत बरामद भएको उनको भनाई छ । बरामद भएका सामान जिल्ला प्रहरी कार्यालय पर्सामा राखी अभियुक्तहरुलाई दोभाषे झिकाई थप अनुसन्धान गर्ने तयारी भइरहेको पर्साका प्रहरी उपरिक्षक ढुंगेलले बताए ।


बिशेष सूचनाका आधारमा शनिबार ३ बजेतिर प्रहरीको इन्टेलीजेन्स टोलीले रीत पु¥याई खानतलासी गर्दा कैफियत फेला पारेपछि सामान सहित कारोवारीलाई पनि नियन्त्रणमा लिएको पर्सा प्रहरीको दावी छ । यो कार्यलाई सहयोग गर्ने दोभाषे दुई जना रहेको सूचना छ । उनीहरु स्थानीय नै रहेकोले थप अनुसन्धानलाई फराकिलो गर्दै प्रहरी अगाडी बढिरहेको पर्साका प्रहरी उपरिक्षक ढुंगेलले बताए ।
पक्राउ परेका चाइनीज नागरिकहरुमा चीनको हुनानका ३३ बर्षीय लुईगुई चाई, चीनकै हुवेईका २६ बर्षीय वाङ बोहान र हुबेईकै ३६ बर्षीय स्याङ सिआओ रहेको पर्सा प्रहरीले नाम सार्वजनिक गरेको छ । पक्राउ परेका अभियुक्त मध्ये लुईगुई र वाङ बोहाओ वीरगन्ज १५ स्थित घटनास्थलबाट र स्याङ सिआओ भने वीरगन्ज ६ बाट पक्राउ परेको पर्सा प्रहरीले वीरगन्जमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ गरेका अभियुक्तहरुलाई अभद्र कार्य गरेको अभियोगमा थुनामा राखी भाषाको अनुवादक झिकाई थप अनुसन्धान गरी कार्वाही प्रकृया अगाडी बढाउने तयारी भइरहेको पर्साका प्रहरी नायव उपरिक्षक कुमारविक्रम थापाले बताए । अभियुक्तहरु चाइनिज भाषामात्र बोल्ने भएकोले अनुसन्धानमा केही कठिनाई भएको पर्सा प्रहरीको भनाइ छ ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ