spot_img

ताजा अपडेट

गहवामाई माताको भव्य रथयात्रा सम्पन्न यात्रामा विशाल जनसहभागीता

तुलसी भण्डारी
वीरगंज
वीरगंजमा गहवामाई मन्दिर निर्माणको बार्षिकोत्सव पारेर पहिलोपटक रथयात्रा निकालिएको छ । गहवामाई माताको नयाँ मन्दिर निर्माणको ११ औं बार्षिकोत्सवको अवसरमा पहिलो पटक रथयात्रा निकालिएको छ । फूलमालाले सजाइएको रथ सोमबार बिहान साढे ७ बजे गहवामाई मन्दिर प्राङ्गणबाट निकालिएको हो ।
रथयात्रामा पर्साका मात्र नभई छिमेकी जिल्ला बारा र रौतहट तथा सीमापारी भारतबाट आएका भक्तजन, दर्शनार्थी र समर्थकको ठूलो सहभागी रहेको छ । रथयात्रा नगरपरिक्र गर्दै बिहान ११ बजे पुन गहवामाई मन्दिर परिषरमा नै पुगी समापन गरिएको छ ।

मन्दिर परिसरबाट सुरू भएको रथयात्रा माईस्थान चोक, घण्टाघर, रेल्वे रोड हुँदै छपकैयास्थित श्रीराम सिनेमा हल दक्षिणबाट वापस आई वीर्ता, अलखियामठ, आदर्शनगर चोक, महावीरस्थान हुँदै माईस्थान स्थित गहवामाईकै परिषरमा आइपुगेको हो । छोटो समयको तयारीले पनि कार्यक्रम भव्य भएकोमा गहवामाई मन्दिर रथयात्रा समिति अध्यक्ष श्याम पोख्रेलले बताए । रथयात्रामा अपार जनलहर सहभागी हुनु नै रथयात्रा सम्पन्न भएको उनको तर्क छ । अझै मंगलबारको महा प्रसाद (महाभोग) सम्पन्न गर्न पर्ने दायित्व रथयात्रा समितिको अझै एउटा जिम्मेवारी रहेको छ । यो पनि सबैको सकारात्मक साथले सम्पन्न हुने उनको तर्क छ । यो कार्यक्रममा कुल ३५÷३६ लाखको लागत रहेको अध्यक्ष पोख्रेलले बताए ।

प्रत्यक्षदर्शीको नजरमा रथयात्रा
अन्य कार्यक्रमहरुभन्दा गहवामाई मन्दिरको रथयात्रामा ठूलो मानव सागर उर्लिएको वीरगन्जको रानीघाटका अन्जनि गुप्ताले काबिल खबरलाई बताए । यति मानिस त यताको कुनै धार्मिक कार्यक्रममा नदेखेको उनले तर्क गरे । रथयात्रामा हिन्दु भक्तजन र दर्शनार्थीहरूको जनसागर नै उर्लिएको वीरगन्जको आरके ईम्पोरियमका संचालक आलोक अग्रवालले पनि बताए ।
रथ यात्रमा हिन्दु धर्म र संस्कृति झल्किने झाँकी तथा बाजागाजा प्रदर्शन गर्दै हर्सोल्लास मनाइएको छ । सहभागीहरुले जयमाता दी लेखिएको झण्डा तथा निसान बोकेका थिए । रथयात्रामा सहभागी भक्तजनका लागि विभिन्न संघ संस्थाले नगरका ठाउँ–ठाँउमा चिसो पिउने पानी, सर्वत, लस्सी र जुस निशुल्क वितरण गरेका थिए । मंगलवार साँझ गहवामाई मन्दिर परिसरमा भजनकृतन पनि आयोजना गिरने गहवामाई रथयात्रा समितिका अध्यक्ष श्याम पोखरेलले प्रष्ट पारे ।

माईस्थानमा बुधवार भण्डारा संचालन
गहवामाईलाई ५६ प्रकारको भोग चढाइने र भक्तजन तथा दर्शनार्थीहरूका लागि भण्डारा सञ्चालन गरि प्रसाद वितरण गरिने कार्यक्रम रहेको छ । पहिलो पटक निकालिएको गहवामाईको रथ निर्माणमा करिब ४ सय घनफिट काठ लागेको आयोजकले जनाएको छ । रथको लागत करिब १६ लाख जति लागेको र नेपाल तथा भारतका १५÷१६ जना कालिगढ खटेको पनि आयोजकले जनाएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ