spot_img

ताजा अपडेट

बालिका सम्मेलन गर्नुपर्ने माग गर्दै चन्द्रनगरमा प्रदर्शन

- Advertisement -

सर्लाही,२ जेठ ।
सर्लाहीको चन्द्रनगरमा जनप्रतिनिधिको बिरोधपछि स्थगित गरिएको बालिका सम्मेलन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको छ । सन २०३० सम्म बालविवाह अन्त्य र बालिकालाई सक्षम बनाउने उद्देश्यका साथ शनिवार नाढीमन तालमा हुने बालिका सम्मेलन गाउँपालिका उपाध्यक्ष गितादेवी महतो, वडा नं. ७ का वडा अध्यक्ष रामस्वरुप कुर्मी, वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नं. ५ का वडा अध्यक्ष सुर्यवंश राय , वडा नं. ४ का वडा अध्यक्ष राजिव सिंह , वडा नं. ३ का वडा अध्यक्ष सिताराम महतो लगायतका व्यक्तिहरुले शुक्रवार बालिका सम्मेलन स्थगित गर्न माग गरेपछि बालिका सम्मलेन स्थगित गरिएको थियो ।
बालिका सम्मेलन स्थगित भएपछि बालबालिका, महिला अधिकारकर्मी तथा महिलाहरु लगायत अन्य व्यक्तिहरुको उपस्थितिमा सम्मेलन गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको हो ।


बालबालिकाहरुले बालिका सम्मेलन चाडै गर, बालिका सम्मेलन रोक्न पाइदैन,बाल बिबाह अन्त्य गर, महिला अधिकार हनन गर्न पाइदैन, बालिका बिरोद्धी जनप्रतिनिधि तथा नेता चाहिदैन, लगायतको नारा लगाउँदै प्रदर्शन गरेका छन् । चन्द्रनगरको गाउँ गाउँबाट बालबालिका तथा महिलाहरुको जनसागर ओर्लिएर बालिका सम्मेलन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।
चन्द्रनगर गाउँपालिका वडा नं. ७ बस्ने विद्यार्थी कल्याणी कुमारी चौधरीले बालिका सम्मेलन भएन भने चन्द्रनगर गाउँपालिका कार्यालय तथा गाउँपालिका अन्तर्गत रहेको ७ वटै वडामा तालाबन्दी गर्ने दावी गरिन् । उपाध्यक्ष गितादेवी महतो महिला भएर पनि महिला तथा बालिकाहरुको हक अधिकार खोसेर बालिका सम्मेलन स्थगित गराउन आन्दोलन गर्नु घिन लाग्दो विषय बनेको छात्रा कल्याणीले तर्क गरिन् । उपाध्यक्ष महिला भएर पनि फोहोरी राजनैतिक गरेको, भागबण्डाको राजनीतिमा बालिका सम्मेलन स्थगित गराएको कल्याणीले आरोप छ । बालिका सम्मेलन नभए तालाबन्दीको साथसाथै कडा आन्दोलन समेत गरिने कल्याणी लगायत सहभागीहरुले बताए ।

प्रदर्शनमा आएकी अर्की महिला जैमन देवी माझीले चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले विकास गर्न खोज्दा तथा बालिका हितमा काम गर्न खोज्दा कुन लोभले उपाध्यक्ष महतोले बालिका सम्मेलन स्थगित गराएको हो ? यसको जवाफ चाहिने बताइन् । उपाध्यक्ष महिला हो तर महिलाको अधिकार नबुझी बजेटको भागबण्डामा मात्र अग्रसर हुनु निन्दनीय रहेको उनको तर्क छ । अहिलेको विकास विरोद्धी जनप्रतिनिधि कुकुर रहेको उनको दावी छ । आफुहरुलाई जनविरोद्धी, बिकास विरोद्धी जनप्रतिनिधि चाहिएन, यहाको उपाध्यक्षले न्यायिक कार्य बाहेक आफनो भागमा २ करोड र वडा अध्यक्षले १÷१ करोड भागबण्डा गरेको छ, यत्रो बजेट छुट्टयाए पनि ति बजेटमा दलितलाई समेटन नसकिएको माझीको गुनासो छ ।

विद्या बारीधी गरिरहेकी लन्डन छात्रा अविगेलले महिला पुरुष समान हुन पर्ने बताइन्। उनी नेपालमा महिलाहरुमा हुने महिनावारीको विषयमा रिसर्च गर्न आएकी हुन् । महिला तथा बालिका उत्थानको लागि गरिने कार्यक्रम स्थगन हुनु दुखद भएको उनको पनि तर्क छ ।
महिला अधिकारकर्मी सुधा पौडेल एउटा महिला उपाध्यक्षले महिला तथा बालिका हितको लागि हुने कार्यक्रम स्थगन गर्न दुखद भएको बताउछिन् । मधेशमा बाल बिबाह व्यप्त छ र यस्तो कार्यक्रम हुनु भनेको चन्द्रनगरको लागि सुखद हुने अधिकारकर्मी पौडेले बताइन् । छोरी भनेको मरिच र केराउको दाना जस्तै हो, छोरीको कलिलै उमेरमा बिवाह हुदाँ मरिच र केराउ जस्तै खुम्चिने भएकोले यो बालिका सम्मेलन बाल बिबाह रोक्न महत्वपूर्ण कार्यक्रम भएको महिला अधिकारकमी पौडेलको तर्क छ ।
अर्की महिला अधिकारकर्मी राधा पौडेलले जहाँ जहाँ महिला अधिकार खोसिन्छ, छोरीहरुको अधिकार त्यहिँ खोसिन्छ, महिला तथा छोरीहरु हिंसामा पर्छन् भनिन् । मधेशमा सबभन्दा बढि बाल बिवाह, छोरी बलात्कृत, हुन्छ तर छोरीहरुको हक हितको लागि बालिका सम्मेलन हुदाँ उपाध्यक्ष लगायत अन्य व्यक्तिहरुले रोक्नु भनेको निन्दनीय कार्य भएको उनको पनि तर्क छ। बालिका सम्मेलन नगराए हामी महिला अधिकारकर्मीहरु यो विषयमा आवाज उठाउने अवस्था आउन सक्ने उनले दावी गरिन्।
बालिका सम्मेलन रोक्ने जनप्रतिनिधिहरुलाई बास्तवमै भन्ने हो भन्ने लाज लागनु पर्ने विषय भएको महिला अधिकारकर्मी पौडैलले थपिन् ।

गाउँपालिका अध्यक्ष महतोले बालिका सम्मेलन प्रथम पटक काठमाडौमा महिला बालबालिका समज कल्याण मन्त्रालयको आयोजनामा राष्ट्रिय स्तरमा कार्यक्रम गरिएको थियो र सो कार्यक्रममा नेपालमा सन २०३० सम्म बाल बिवाह अन्त्य गर्ने घोषणा सहित हुनु पर्थ्यो । सोही अनुरुप नेपालमै पहिलो पटक बालिका सम्मेलन पालिकास्तरबाट गर्न लागेपछी अहिलेको उपाध्यक्ष लगायत अन्य विभिन्न व्यक्तिहरुले बहुमतको आडमा कार्यक्रम स्थगन गराएको बताए । माओवादीबाट निर्वाचित उपाध्यक्ष र वडा अध्यक्षहरुले भागबण्डा गरी ९ करोड रुपैया लिएका छन् । तर बिडम्बना सबै बजेट माटो र ग्रेबलमा गैरहेको छ, बालबालिकाको हित तथा जनमुखी कार्य नगरेको अध्यक्ष महतोले बताए । अध्यक्ष महतोले स्थगन गरिएको बालिका सम्मेलन बालबालिका तथा महिलाहरुले गर्नुपर्ने माग गरिरहेको हुदाँ पुःन आउँदै गरेको असार १५ गते भित्रमा बालिका सम्मेलन हुने बताए ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ