वीरगंज, २ असार । शिक्षामा दुई दशकदेखि निरन्तर सेवा प्रदान गर्दै आएको गोल्डेन फ्यूचर मा.वि.ले अब प्लस टु तर्फ व्यवस्थापन संकाय (म्यानेजमेन्ट) को प्रयोगात्मक कक्षा सञ्चालन गर्ने भएको छ ।
प्रयोगात्मक शिक्षालाई प्रोत्साहन दिने उद्देश्यका साथ गोल्डेन फ्यूचरले प्लस टू तर्फ व्यवस्थापन सङ्कायको प्रयोगात्मक कक्षा संचालन गर्ने भएको हो ।
कलेजका प्रबन्ध निर्देशक डा. उमेशप्रसाद चौरसियाले शुत्रलबार वीरगंजको नीरशपूर्ण शैक्षिक अवस्थालाई परिवर्तन गर्र्दै शैक्षिक हबको रुपमा यस क्षेत्रको विकासमा टेवा पु¥याउन प्रयोगात्मक एवम् सीपमुलक शिक्षा प्रदान गर्न लागिएको बताए । कलेजमा नै शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो बताएका हुन् ।
‘अहिलेको परिवेशमा परम्परागत शिक्षाको महत्व अब सकिएकोले समय र प्रविधिको विकाससँगै शिक्षालाई थप परिस्कृत गर्न आफ्नो कलेजमा गुणस्तरीय शिक्षाको सुरुवात गर्न थालिएको कलेजले जनाएको छ । विद्यार्थीहरुको चौतर्फी विकाससँगै विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा दिने उद्देश्य सहित कलेज अगाडी बढेको कलेजका प्रशासन प्रमुख बब्लु चौरसियाले बताए ।
कलेजमा नियमित कक्षासँगै, कोचिङ्ग, परीक्षा र विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम दिने तयारी रहेको उनको भनाइ छ । कम्प्युटर तालिम अन्र्तगत कम्प्युटरको बेसिक, एड्भान्स, अफिस प्याकेज एवम् एकाउन्टिङ्ग प्याकेज लगायतका सीपहरु निःशुल्क सिकाइने कलेजले जनाएको छ ।
समय–समयमा इन्टर्नसिपमा पठाउनुका साथै साताको एक दिन बुक फ्रि डे बनाएर प्रयोगात्मक एवम् अतिरिक्त क्रियाकलाप समेत गराइने लक्ष्य रहेको कलेजका प्रबन्ध निर्देशक डा. चौरसियाले जनाएका छन् ।