spot_img

ताजा अपडेट

साढे ५४ लाखको अवैध सुन सहित पर्साका युवक पक्राउ

काबिल सम्बाददाता
पर्सा, ३१ जेठ
मकवानपुरको रातमाटेमा आधा करोड बढिको सुन सहित पर्साका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले रातोमाटे चेकपोष्टमा चेकजाँच गर्ने क्रममा रु ५४ लाख ४८ हजार बराबरको अवैध सुन सहित पर्साका ती युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने युवक पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का २२ बर्षीय किसन साह रहेको मकवानपुर प्रहरीले जनाएको छ । प्रदेश २–०३–००१ ख ०१५९ नं को बसमा चेकजाँच गर्दा उक्त सुन सहित युवकलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताए । सो सुनको बजार मूल्य करिब रु ५४ लाख ४८ हजार बराबरको रहेको उनको भनाइ छ । अभियुक्त साहले जुत्ताको नोक भित्र सुन लुकाएर ल्याएको फेला परेपछि अवैध सुन सहित अभियुक्त साहलाई पक्राउ गरिएको हो । उनले लुकाइछिपाई अवैध तरिकाले ल्याएको सुनको तौल परिक्षण गर्दा ५ सय ६१ दशमलव ३० ग्राम रहेको प्रहरी उपरिक्षक गौतमले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ