spot_img

ताजा अपडेट

गोल्डेन हत्याको आरोपमा पक्राउ ४ पूर्पक्षका लागि कारागार चलान

काबिल सम्वाददाता
वीरगन्ज
गोल्डेन भन्ने शिवम साह कानुलाई कुटपिट तथा चक्कु समेत प्रहार गरी कर्तव्य गरी मारेको आरोपमा पक्राउ परेका मध्ये चारजना प्रतिवादी पूर्पक्षकका लागि कारागार चलान भएका छन् । गएको दशैं मेलामा २०८२ असोज १४ गते राति ११ः३० बजे वीरगंज महानगरपालिका वडा नं।१० गिता मन्दिर सडकखण्डमा शिवमको हत्या गर्ने खुनी दरिन्दे नामक वाट्स एप समूहका चारजनालाई पर्सा जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको हो ।
पर्सा जिल्ला अदालतको चलानी नं. ०८२–५१–००३५३१ को आदेश अनुसार वीरगंज कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए । कारागार चलान हुनेहरुमा वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा बस्ने वर्ष १९ को गौतम पटेल, वर्ष २० को सुभांकर चौरसिया, वर्ष २२ को अमिरी पटेल भन्ने करण प्रसाद पटेल र एक परिचय खुलाउन नमिल्ने १६ वर्षीय वालक गरी पूर्पक्षका लागि चलान भएको पनि पर्सा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ