spot_img

ताजा अपडेट

नख्खु कारागारबाट भागेका भगौडा साह पर्सामा पक्राउ

काबिल सम्वाददाता
वीरगन्ज
ललितपुरको नख्खु जेलबाट जेनजी आन्दोलनका नाममा भागेका कैदीबन्दी पर्सामा पक्राउ परेका छन् । जेनजी आन्दोलनका नाममा ललितपुरको नख्खु कारागारबाट भाग्न सफल ३९ वर्षीय कैदी लालबाबु साह पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित आफ्नै घरबाट पक्राउ परेको पर्सा प्रहरीले पुष्टि गरेको हो ।
कैदी आइडी नम्बर ५२२९००१ भएका कैदी साह सुटुक्क आई आफ्नै गाउँघरमा बस्दै आएको बिशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गर्न सफल भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक हरि बहादुर बस्नेतले बताए । फरार कैदी साहलाई लागु औषध सम्बन्धी मुद्दामा ललितपुर जिल्ला अदालतले कसूरदार ठहर गरी २ वर्ष १ महिना कैद र १ लाख ५ हजार जरिमाना तोकेको थियो । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट उनी गएको भदौ २४ गते फरार भएको अवस्थामा पर्सामा पक्राउ गर्न सफल भएको पनि पर्सा प्रहरीले जनाएको छ
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ