वीरगंज, २४ वैशाख । वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले महानगरमा संचालित सम्पूर्ण होटल तथा पर्यटन ब्यवसायीहरूलाई करको दायरामा आउन आग्रह गरेका छन । आज महानगरपालिका कार्यकक्ष आयोजित होटल तथा पर्यटन ब्यवसायीहरूसँगको छलफल गर्ने क्रममा महानगर प्रमुख सिंहले उक्त आग्रह गरेका हुन । प्रमुख सिंहले समग्र वीरगंजको बिकासको निम्ति कर तिरेर आआफ्नो जिम्मेवारी पूरा गर्न पर्यटन ब्यवसायीहरूलाई विशेष अनुरोध गरे । छलफलमा होटल तथा पर्यटन ब्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तले महानगरका अधिकांस ब्यवसायीहरू करको दायरामा आइसकेको र नआएका व्यवसायीहरू पनि करको दायरामा आउन सकारात्मक रहेका बताए । अध्यक्ष पन्तले सम्पूर्ण होटल तथा पर्यटन व्यवसायीहरू वीरगंजको बिकासको निम्ति महानगरसँग सहकार्य गर्न तयार रहेको बताए । अध्यक्ष पन्तले कर तिर्नु ब्यवसायीहरूको दायित्व पनि भएकोले सबै होटल तथा पर्यटन ब्यबसायीहरूलाई अनिवार्यरूपमा करको दायरामा आउन आग्रह गरिने बताए । छलफलमा महनगरका उपप्रमुख इम्तियाज आलम, कर शाखाका अधिकृत लगायत होटल तथा पर्यटन ब्यबसायी संघका बरिष्ठ उपाध्यक्ष रचिन्द्र थापा, महासचिव माधब बस्नेत लगायतका होटल एबम पार्टी प्यालेस ब्यबसायीहरू सहभागी थिए ।
प्रतिक्रिया लेख्नुहोस्