काबिल सम्वाददाता
वीरगन्ज
वीरगन्जस्थित ड्राइपोर्ट (सुख्खा बन्दरगाह) भन्सार कार्यालयले राजश्व संकलनमा अघिल्लो वर्षभन्दा सुधार गरेको पाइएको छ । मुलुककै पहिलो सुख्खा बन्दरगाह समेत रहेको यो भन्सार कार्यालयले गतवर्षको सोही अवधिको तुलनाभन्दा यो वर्ष बढि राजश्व संकलन गर्दै राजश्व संकलनको आकारमा सुधार गरेको हो ।
गतवर्षको फागुनसम्मको तथ्याँकभन्दा राज्य संचालनको ‘भरथेग’का लागि संकलित हुने ‘राजश्व’ को आकारमा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज सुख्खा वन्दरगाह भन्सार कार्यालयले ६ करोड २९ लाख २४ हजार बढि राजश्व संकलन गरेको छ । यो तथ्याँक सुख्खा बन्दरगाह भन्सार कार्यालयले दैनिक १३ करोड ४२ लाख ७३ हजार बराबरको अनुपातमा राजश्व संकलन गर्दा बढि भएको पाइएको हो ।
चालु आर्थिक वर्षको फागुनसम्ममा सुख्खा बन्दरगाह भन्सार कार्र्यालयले कुल ३२ अर्व २२ करोड ५६ लाख २९ हजार राजश्व संकलन सर्न सकेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले बताए । गतबर्ष (०८०÷०८१) को फागुनसम्ममा भने कुल ३२ अर्ब १६ करोड २६ लाख ९७ हजार मात्र यो भन्सारले राजश्व संकलन गरेको थियो । राजश्व विभागले दिएको लक्ष्य भेटाउन प्रयासरत रहेकै समयमा चालु आर्थिक वर्षको प्रगतिले गतवर्षको तथ्याँकलाई उछिनेको सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जका प्रमुख बरुवालको तर्क छ । ‘गतवर्ष पनि प्राप्त लक्ष्य त थियो । तथापि यो वर्ष अझ बढि राजश्व संकलन भएछ’ उनले भने ।
गएको फागुन महिना र फागुन महिनासम्मको राजश्व संकलनको तथ्याँक पनि सुधारोन्मुख छ भन्सार प्रमुख बरुवालले बताए । सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई गत फागुनसम्मको लागि राजश्व विभागले कुल ३८ अर्व ७७ करोड ५० लाख ५९ हजारको लक्ष्य दिएको छ । यसमा पनि ३२ अर्ब २२ करोड ५६ लाख २९ हजार लक्ष्य संकलन गरेको भन्सारको तथ्याँकमा उल्लेख गरिएको छ । यो भनेको कुल लक्ष्यको ८३ दशमलब ११ प्रतिशत पनि हो ।
फागुन महिनाकै मात्र लक्ष्य र प्रगति हेर्ने हो भने पनि कुल लक्ष्यमा ३९ करोड २५ लाख ४३ हजार मात्र लक्ष्य भेट्न बाँकी देखिएको छ । यो भनेको कुल लक्ष्यको ९२ दशमलब २७ प्रतिशत हो । अर्थात गएको फागुन महिनाको लागि राजश्व विभागले सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जलाई दिएको लक्ष्य ५ अर्व ०७ करोड ७९ लाख २६ हजारमा ४ अर्ब ६८ करोड ५३ लाख ८३ हजार राजश्व संकलन भएको छ ।
उता वार्षिक लक्ष्यमा पनि यो भन्सार कार्यालयले ५३ दशमलब ६६ प्रतिशत प्रगति गरिसकेको तथ्याँकले देखाएको छ । जबकी गत आर्थिक वर्ष यो भन्सार कार्यालयले लक्ष्यको यो आकार भेट्न सकेको थिएन । यो वर्ष भने कुल ६० अर्व ४ करोड ८७ लाख ९७ हजार लक्ष्यमा ३२ अर्व २२ करोड ५६ लाख २९ हजार प्रगति गरिसकेको पनि भन्सार कार्यालयको तथ्याँकमा उल्लेख गरिएको छ । बाँकी राजश्वको लक्ष्य पूरा गर्न दैनिक १७ करोड ७० लाख अनुपातमा राजश्व संकलन गर्नु पर्ने दवाव रहेको सुख्खा बन्दरगाह भन्सार कार्यालयले खुलासा गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्