spot_img

ताजा अपडेट

स्रोत खुलाउन नसकेको ६४ लाख मूल्य बराबरको सामान नियन्त्रण

वीरगंज, २३ माघ । बारा प्रहरीले स्रोत खुलाउन नसकेको ६४ लाख २२ हजार बराबरको सामानसहित ट्रक र पिकअप नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजले गएराति बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगंज चौकमा प्र.ब.ना.नि.टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाडौ जाँदै गरेको ना ६ ख ८३०५ नं. को ट्रक चेकजाँच गर्दा ४१ लाख ८६ हजार ३०० रुपियाँ बराबरका तार, टायर, प्लाइवुड, बत्ती, कपडा र चिनी लगायतका खुद्रा सामानहरूसहित ट्रक नियन्त्रणमा लिएको छ । यसैगरी आज बिहान १ अमलेखगंज चौकमा प्रबनानि कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले प्र.२–०३–००१ च ०७७५ नं. को पिकअप चेकजाँच गर्दा २१ लाख ७४ हजार ८०० मूल्य बराबरको ब्रास अटेनसिल ४७ बोरासहित पिकअपलाई नियन्त्रणमा लिएको छ । यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.०१ पथलैया चौकमा प्र.ब.ना.नि. रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरीले गौर बाट काठमाण्डौं जादै गरेको ना ६ ख १४६३ नं. को बसबाट ६१ हजार ३५० मूल्य बराबरको ४ कार्टुन चार्जर र डाटा केवललगायत सामान नियन्त्रणमा लिएको जिप्रका, बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्ष्Fक प्रकाश सापकोटाले जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ