वीरगंज, ०६ पुस । प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीले पित पत्रकारिता समाप्त गर्न उर्जाशील युवा पत्रकार आवश्यक रहेको बताएका छन् ।
पब्लिक हेल्थ स्टोरी पत्रिकाले आयोजना गरेको एकदिने आधारभूत पत्रकारिता तालीम समापन कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले खोजमूलक समाचार सङ्कलनमा पत्रकारले जोड दिनु पर्ने बताए । अध्यक्ष भण्डारीले तालिमबाट सिकेका कुरा व्यवहारमा ल्याए पत्रकारितामा निखार आउने बताए ।
कार्यक्रममा कानुनवीद अधिवक्ता चन्द्रिका पटेलले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिपछि राज्यको चौथो अङ्ग पत्रकारिता भएको बताए । उनले पत्रकारितालाई समाजको आँखा भनिएको बताए । पत्रकारलाई समाजले सम्मानको नजरले हेर्द आएकोले पत्रकार समाजको वकिल भएको बताए । उनले पत्रकारको काम र कर्तव्य भनेको गरीब निमुखाहरूको आँखा बनेर काम गर्नुपर्ने बताए ।
तालीममा २० जना विद्यार्थीहरूलाई एक दिने आधारभूत पत्रकारितासम्बन्धी तालीम राजेन्द्र सिंह एवं चन्द्रिका पटेलले दिएका थिए ।
नागरिक समाजका श्रवण बहादुर रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा मनोज मिश्राले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्