spot_img

ताजा अपडेट

पर्सेली किसानको पीडा पाकेकोधान बाला र बोट अलग्गै

काबिल सम्वाददाता 
वीरगन्ज
           रातीको समयमा सकृय हुने किराको प्रकोपबाट पर्सेली किसान पीडित भएका छन् । राती धानको बाला काटी किसाले नष्ट पार्न थालेपछि पर्सेली किसान पीडित भएका हुन् ।
अतिवृष्टी र अनावृष्टीको विपत्बाट जोगाउँदै बल्ल उब्जाएको धान घर भित्र्याउन नपाई खेतमा नै असरल्ल हुन थालेपछि यहाँका किसान चिन्तित छन् । धान काटेर पराई (नीन) लगाएको ठाउँमा र सीधा रहेको धानमा पनि रातीको समयमा अज्ञात किराले बाला काटी नष्ट पार्न थालेको किसानको गुनासो छ । खेतको गह्रामा काटेर नीन लगाएको धान भोली हेर्दा बाला र पराल अलल–अलग भेटिन्छ । हेर्दा केही हुँदैन पर्साको धोविनी गाउँपालिका वडा नम्बर ३ का किसान चन्द्रिका पटेल र राजेश पटेलले गुनासो गरे । अब किसानले के गर्ने के नगर्ने ? अन्योलमा छौं उनीहरुले भने । घर भित्र्याउन ठिक्क पारेको समयमा खेतमा नै पाकेको धान नष्ट हुँदा किसानको मन थामिसक्नु भएको छैन
पटेलद्वयको मात्र गुनासो नभई उनीहरु जस्तै पीडामा रहेको धोविनी गाउँपालिककै हरिहरपुरका अर्का किसान राजेन्द्र साह पनि भेटिए । धोविनी गाउँपालिकाकै अमेरिका खेखन (मामा) घोडदौड पिपराका मुख्तार अंसारी, भिखमपुरका मुन्ना पटेल, गुलरियाका प्रेम पटेल, बकरीका किसुनदेव साहको पनि पीडा उस्तै छ । त्यसैगरी पर्साको पोखरिया नगरपालिका ४ का रामाकान्त महतो नुनियाले पनि आफ्नो खेतमा पनि यस्तै समस्या रहेको गुनासो गरे । के विकल्प गर्ने उपाय नरहेको उनको पनि गुनासो छ ।
            साहु माजनको जग्गा जग्गा बन्धकी र ठेक्कामा कमाएका जोताहा किसान यस्तो समस्याबाट भोक न निद्रा भएको किसानी कर्म गर्दै आएका नेकपा एमाले मधेश प्रदेश सदस्य सलाउद्दिन अहमदले पनि गुनासो गरे । अब किसानले कसरी परिवार पाल्ने ? किसान पीडित भइरहेको समयमा स्थानीय सरकार भने मुखदर्शक छन् उनले आरोप लगाए । धान भित्र्याएपछि वर्षदिन भरी खाने अन्नको जोहो गर्ने र त्यसैबाट केही बिक्री गरी बालबच्चाको पढाई लेखाई चलाउन तत्पर किसान रुन र हास्नु भएका छन् उनले तर्क गरे । मैले ‘आफै खेतमा गई हेर्दा सानो सानो किरा फेला परेको देखियो’ उनले भने । भारत, चीन, युके जस्ता विकसित मुलुकमा किसानमैत्री सरकार हुन्छ । हामीकहाँ भने पाकेको अन्न जोगाउन पनि सकस भयो उनले पनि गुनासो गरे ।
            पर्साको पकाहामैनपुर गाउँपालिकाको अध्यक्षका प्रत्यासी जसपाका स्थानीय नेता दीपक यादवले पनि जिल्लाका धोविनी, छिपहरमाई, कालिकामाई लगायत आधा दर्जन गाउँपालिका र पोखरिया नगरपालिकामा पनि यो समस्या देखा परेको बताए । यसको समस्या तत्काल समाधान गरिएन भने किसानलाई धेरै ठूलो मर्का पर्ने उनको पनि तर्क छ । पालिकाका जनप्रतिनिधि भने आफूहरुले अहिले के गर्न सकिन्छ र ? भन्छन् । यता कृषि ज्ञान केन्द्र पर्साका प्रमुख कमलदेव कुशवाहाले भने किसानको समस्याका बारे आफूहरु जानकार रहेको बताए । दिनभरी नदेखिने तर रातपरेपछि सकृय हुने यी किरा फौजी किरा रहेको उनको भनाइ छ । दिनभरी चाही यी किरा तल जरामा बस्ता रहेछन् उनले भने ।औषधी छरेर पनि खासै प्रभाकारी नदेखिए पनि विकल्प भनेको साँझ विहान ‘साइपर नेप्रिन’ नामक औषधी नै छर्किनु पर्छ । यसले केही मात्रामा बचाउन सकिन्छ उनले थपे ।
यो समस्या गण्डक नहरको दक्षिण तर्फका विन्दवासी, धोविनी, छिपहरमाई, कालिकामाई, जगरनाथपुर गाउँपालिका र पोखरिया तथा बहुदरमाई नगरपालिकाका किसानको खेतमा पनि देखिएको छ । मंगलबार अनुगमनमा गएर धरातलीय यथार्थ त बुझेर आइयो । तर तत्कालै समाधान कसरी गर्ने भन्ने ठोस निक्र्योल निकाली नसकिएको उनको तर्क छ । खासमा यो ‘इयरहेड कटिङ पिलर’ अर्थात फौजी किरा पर्सामा मात्र नभई बारा र रौतहटमा आतङ्क मचाउन सकृय देखिन थालेको छ दिनभरि धानको बोटमुनि बस्ने र राति टुप्पामा नै पुगेर बाला काट्ने भएकोले एक ठाउँमा मात्र नभई किसानको ठूलो क्षेत्रफलका सयौं हेक्टर जमिनमा एकै पटक रातमा औषधी छर्न सके केही साम्य हुने कृषि ज्ञान केन्द्रका कर्मचारीको तर्क छ ।
         पर्साको गण्डक नहरको उत्तरतर्फ रहेका ठोरी, जीराभवानी, पर्सागढी नगरपालिका लगायत थरुहट क्षेत्रका किसानलाई भने इयरहेड कटिङ पिलर कीराको आतंक नरहेको किसानहरुले बताएका छन् । अभियान नै चलाउने गरी किसान सकृय हुन गाह्रो हुन्छे । स्थानीय सरकार यस्तो अवस्थामा सकृय हुनुपर्ने किसानहरुको भनाइ छ ।
आफूले दुई–तीन दिन अगाडी नै किसानको समस्या सुन्ने साथ कृषि अनुसन्धान कार्यालय (नार्क) का विज्ञहरु र जिल्लास्थित कृषि ज्ञान केन्द्रमा समन्वय गरी विज्ञ टोली खटाइ सकेको मधेस प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले बताए । यसको तत्काल विकल्पका लागि विज्ञहरु परिचालित गरिसकिएकोले यसको निधान निस्कने उनको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ