spot_img

ताजा अपडेट

चलचित्र ‘नमेटिने घाऊ’ अब हलको पर्दामा

काबिल सम्वाददाता
   वीरगन्ज
            एसिड आक्रमणबाट नयाँ जीवन पाएका पीडितको जीवनमा आधारित चलचित्र ‘नमेटिने घाऊ’ प्रदर्शनीको प्रतिक्षा सकिएको छ । अब यो चलचित्र देशभरिकै अधिकाँश सिनेमा हलमा एकसाथ प्रदर्शन हुने छ । सत्य घटनामा आधारित चलचित्र नमेटिने घाऊको निर्माण नेपालकै चर्चित नायक तथा चलचित्र निर्माता रमित ढुंगानाले गरेका हुन् । ५८ दिन लामो समय लगाएर छायाँकन गरिएको चलचित्र नमेटिने घाऊ प्रदर्शनका लागि भदौं ७ गतेको मिति तय भएको थियो । यो समयको प्रतिक्षा बल्ल सकिएको हो ।
         समाजमा एसिड प्रयोगका घटना निरुत्साहन गर्न बल पुग्ने निश्कर्ष सहित निर्माण गरिएको चलचित्र ‘नमेटिने घाऊ’को प्रदर्शन पश्चात समाजमा सरकारात्मक सन्देश दिने अपेक्षा चलचित्र निर्माता तथा निर्देशक ढुंगानाको छ । सत्य घटनामा आधारित यो चलचित्रमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली समेतले अभिनय गरेका छन् । तेजाब (एसिड) आक्रमणका कारण पीडितले भोग्नु परेका पीडा फिल्मले छर्लङ्गै देखाउने र भविष्यमा यस्ता घटनाले प्रश्रय नपाउने निर्माणकर्ताको दावी छ । अर्को पक्ष समाजमा सकारात्मक परिवर्तन ल्याउन बल पुग्ने मात्र नभई एसिडसम्बन्धी कानून नै निर्माण र कार्यान्वयनमा सरकारको पनि ध्यान जाने कुरालाई चलचित्रले थप सन्देश दिने निर्माता ढुंगानाको अपेक्षा छ । चलचित्रमा एसिड आक्रमण गर्ने दोषीहरू पहुँच र पावरका भरमा सहजै उम्किने र उनीहरुको दण्ड सजायको रवैया पनि चलचित्र सार्वजनिक भए पश्चात ईगित गर्ने यसको प्रचारका क्रममा वीरगन्ज आइपुगेका चलचित्र निर्देशक तथा कलाकारहरुको दावी थियो ।
     चलचित्र नमेटिने घाऊमा प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, राप्रपा नेता ज्ञानेन्द्र शाही, माओवादीका नेता देवेन्द्र पौडेल लगायत १२५ जना कलाकारले अभियन गरेको निर्देशक ढुंगानाले बताए । ‘यो फिल्म यही भदौ ७ गते शुक्रबारबाट देशैभरीका अधिकाँश सिनेमा हलहरुमा एकैसाथ प्रदर्शन हुँदैछ’ उनले भने ।
विद्यालय जाँदै गरेको समयमा एसिड आक्रमणमा परेकी वीरगन्जकी मुस्कान खातुनलगायत ३३ जना एसिड पीडितको जीवनमा आधारित चलचित्र निर्माण गरिएको निर्माता ढुंगानाको भनाइ छ । मुस्कान खातुनको जीवनीमा घटेको घटनामा आधारित चलचित्र बनाउन लाग्दा मुस्कानले नै म जस्ता एसिड पीडित ३३ जना छौं भनेपछि उनैको सल्लाह अनुसार सबैलाई समेटी एसिड पीडितहरुको जीवनीमा केन्द्रित रही ‘नमेटिने घाऊ’ निर्माण गरिएको निर्माता निर्देशक ढुंगानाले बिस्तृतमा बताए । फिल्म निर्माणको मुख्य पात्र मुस्कान खातुन भएकी र यो फिल्म वीरगन्जमा समेत सुटिङ भएको छ उनले भने । मुस्कान सहित उस्तै पात्र खडा गरी फिल्म सुटिङ गर्दा आधा घण्टा सुटिङ रोक्न परेको तीतो क्षणको पनि निर्देशक ढुंगानाले मलिन अनुहार लगाउँदै सम्झिए । कारण मुस्कान सहित धेरैका आँखाबाट सुटिङका क्रममा नै आँसु नै रोकिएन । ‘अनि फिल्मको सुटिङ नै रोक्नु परेको समेत थियो’ उनले थपे । सम्भवतः यो फिल्म हेरिसकेपछि कसैले पनि यस्ता घटना दोहो¥याउने आँट गर्ने छैनन् भन्ने हाम्रो आँकलन हो निर्माता ढुंगानाको तर्क छ ।
          ‘बुद्धभूमि’ जस्तै यो चलचित्र पनि यथार्थ घटनामा आधारित चलचित्र निर्माण गरिएको छ । कथाबस्तु, सुटिङ र मुख्य पात्र समेत वीरगन्जकै खातुन भएकोले यो भूमिको महत्व बढि छ । चलचित्र तयारी भयो, प्रदर्शन हुँदैछ भनी वीरगन्जसम्म त्यसैले पनि हाम्रो टोली आइपुगेको उनले पर्सेली पत्रकारहरुसँगको भेटमा बताएका थिए । उनीसँगै आएकी मुस्कानले यो फिल्म धेरैधन्दा धेरैले हेरेर यसले दिएको सन्देश र विगतका घटनाको स्मरण गर्दै समाजमा भविष्यमा बिकृति घटना नघटुन् भनिन् ।
        वीरगन्ज ३ छपकैया स्थित आफ्नो घरबाट वीरगन्ज महानगरपालिका वडा नम्बर ६ रेशमकोठीमा रहेको श्री त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा पढ्न जाने क्रममा २०७६ साल भदौ २० गते शुक्रबार बिहान ६ बजे बिर्ता बजार नजिकै उनी माथि एसिड आक्रमण भएको थियो ।
        यो फिल्ममा जम्मा २ वटा गाना पनि रहेको यो चलचित्रका सह निर्देशक रोशन थापाले बताए । । फिल्ममा सामाजिक अभियन्ताको भूमिकामा रहेका प्राप्ति पौडेल र लिजा कोरानीले पनि यो फिल्म साह्रै मर्मस्पर्शी रहेकोले हेर्न छुटाउन नहुने बताएका थिए । देशशको वीरगन्ज, चन्द्रनिगाहपुर, नवलपरासी, बालाजु, कालोपुल, ओलखढुंगा, भोजपुर, धरान लगायतका ठाउँमा सुटिङ भएको यो चलचित्रको लागत करिब ३ करोडको रहेको निर्माताले जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ