spot_img

ताजा अपडेट

प्रतीक दैनिक ३८ वर्षमा प्रवेश

- Advertisement -

वार्षिकोत्सवमा विभिन्न व्यक्तित्व सम्मानित
काबिल सम्वाददाता
वीरगन्ज

वर्ष ३८ अंक १, पर्साबाट प्रकाशित दैनिक पत्रिकाहरु मध्ये जीवित जेठो दैनिक पत्रिकाको शनिबारको ताजा हुलिया हो यो । पत्रिकाको यो हुलियाले ३७ औं वसन्त पार गरेको स्वतः पुष्टि हुन्छ । यो पुष्ट्याई भनेको प्रतीक प्रकाशन समूहद्वारा प्रकाशित प्रतीक दैनिकको शनिबार ३७ औं वार्षिकोत्सव मनाइनु पनि हो । यति लामो इतिहास बोकेको पत्रिकाले अनवरत रुपमा आफ्नो पत्रिकाको उमेर बढेसँगै वार्षिकोत्सव पनि निरन्तर मनाउँदै आएको छ । गत वर्ष पनि व्यानरमा गल्ती भए पनि ३६ औं वार्षिकोत्सव मनाएको थियो । यो वर्ष पनि त्यो निरन्तरतालाई जीवित राख्दै प्रकाशन समूहले ३७ औं वार्षिकोत्सव मनाएको छ ।
प्रतीक प्रकाशन समूहलेबाट स्थापित सुवोध सिंह स्मृति पत्रकारिता पुरस्कार पनि बार्षिकोत्सवकै अवसर पारेर वितरण गरिएको छ । सो क्रममा वीरगन्जको सकृय पत्रकार महिला विमला गुप्तालाई नगद ५१ हजार सहित सम्मान गरिएको छ । त्यसै गरी दैनिकका उत्कृष्ठ सम्वाददाताहरु मध्ये धर्मेन्द्र चौरसियालाई नगद १५ हजार सहित सम्मान गरिएको छ । यो वर्ष उत्कृष्ठ स्तम्भकारमा कुमारबन्धु रुपाखेतीलाई पनि नगद १० हजार सहित सम्मान गरिएको हो । कर्मचारी तर्फ तौरद हवारीलाई नगद ५ हजार सहित सम्मान गरिएको छ ।
सो आयोजित कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका महानगरप्रमुख राजेशमान सिंहले सम्मानित हुनेहरुलाई नगद सहित प्रमाण पत्रले सम्मान गरेका थिए ।
आयोजित प्रतीक दैनिकको ३७ औं वार्षिकोत्सव कार्यक्रममा वीरगन्ज महानगरपालिकाका महानगर प्रमुख सिंहले यो माटोको हितमा अझै पर्सेली संचारकर्मीहरुले कलम चल्नु पर्ने सुझाव दिए । प्रकाशन समूहका अध्यक्ष विन्दु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पत्रिकाका प्रधान सम्पादक बरिष्ठ पत्रकार जगदीश शर्माले स्वगत मनतव्य व्यक्त गर्दै पत्रिकाको आरोह अवरोहको सन्दर्भमा प्रकाश पारेका थिए ।


प्रविधि र प्रचारका शैली परिवर्तनको यो युगसम्म चार दशक हुन लागेको छापा माध्यमको ओज चानचुने हुँदै होइन । यो कुरा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले चार पुस्ताले पढेको पत्रिका भनी मनतव्यमा व्यक्त विचारले आफै पुष्टि गरेको छ । त्यसै गरी उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुबोध गुप्ता, वीरगन्जको बौद्धिक व्यक्तित्व डा.उमेश चौरसिया र राजेन्द्र कोइरालाले पनि परिवर्तित समयमा अझ पत्रकारिताको ओज उठाउन पर्नेमा जोड दिदै पत्रिकाको थप उन्नति प्रगतिको शुभकामना दिएका थिए ।
पत्रिकाका सम्पादक गोविन्द प्रताप श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक कुमोद ढुंगेल, बरिष्ठ पत्रकारहरु, समाजसेवी, शैक्षिक क्षेत्रका अगुवा तथा बौद्धिक व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो । पर्सेली संचारकर्मीको इतिहास बोकेको प्रतीक दैनिकको आगामी दिन अझ सुमधुर बनोस् भन्ने हाम्रो पनि शुभकामना ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ