spot_img

ताजा अपडेट

आर्थिक नगरीकै ‘आन्तरिक’ को राजश्व लक्ष्य टाढा

- Advertisement -

गीता भण्डारी
वीरगन्ज
आर्थिक नगरी भित्रकै आन्तरिक राजश्व कार्यालय राजश्व संकलन लक्ष्यभन्दा अलि टाढा रहेको पाइएको छ । मुलुककै आर्थिक नगरीका नामले परिचित ‘वीरगन्ज’मा रहेको आन्तरिक राजश्व कार्यालय गत आर्थिक वर्ष २०८०/०८१ को राजश्व संकलन लक्ष्यमा निकै टाढा रहेको पाइएको हो ।
आन्तरिक राजश्व कार्यालय वीरगन्जले लक्ष्य भेट्न २७ दशमलब ०७ प्रतिशत टाढा रहेको तथ्याँकले पुष्टि गरेको छ । यो भनेको यो कुल लक्ष्यमा २ अर्ब ५३ करोड ९७ लाख ६१ हजारले कमी हो । गएको आर्थिक वर्षका लागि राजश्व विभागले आन्तरिक राजश्व कार्यालय वीरगन्जलाई कुल ९ अर्ब ४१ करोड ९७ लाख ९३ करोडको लक्ष्य दिएको थियो । त्यसमा जम्मा ६ अर्ब ८७ करोड ३२ हजार मात्र राजश्व संकलन गर्न सकेको तथ्याँकले पुष्टि गरेको छ ।
राजश्व संकलनका विभिन्न परिसूचक मध्ये मूल्य अभिवृद्धि कर तर्फ एउटामा मात्र लक्ष्य नजिक अर्थात ९८ दशमलब ७५ प्रतिशत राजश्व संकलन गर्न सकिएको आन्तरिक राजश्व कार्यालय वीरगन्जको तथ्याँकमा उल्लेख गरिएको छ । राजश्व संकलनका अन्य परिसूचकहरु तर्फ भने खासै सन्तोषजनक अवस्था नभएको आन्तरिक राजश्व कार्यालय वीरगन्जका प्रमुख ढाकाराम तिवारीले काबिल खबरलाई बताए । विभिन्न ६ परिसूचकमा मध्ये इन्कम ट्याक्स (आय कर) तर्फ पनि लक्ष्यको ७६ दशमलब ७१ प्रतिशत मात्र राजश्व संकलन भएको उनको भनाइ छ ।
डिष्टिलरी उद्योगहरुबाट आन्तरिक राजश्व कार्यालयले अलि बढि राजश्व संकलन गर्ने गथ्र्यो । तर गतवर्ष यो कार्यालय मातहत पर्ने हिमालयन डिष्टिलरीको व्यापार खटेको भनी उसले अपेक्षाकृत रुपमा राजश्व बुझाउन सकेन । फलतः अन्तशुल्क तर्फको राजश्वमा लक्ष्यमा प्रतिफल पनि कमै देखिदा लक्ष्य अलि पर भएको उनको तर्क छ ।
इन्कम ट्याक्स (आय कर), रेन्ट इन्कम ट्याक्स (घरभाडा), इन्ट्रेष्ट (व्याज कर), भ्याट इन्टरनल (मूल्य अभिवृद्धि कर), एक्सिज इन्टरनल (अन्त शुल्क) र हेल्थ सेवा गरी विभिन्न ६ परिसूचक बाट कार्यालयले राजश्व संकलन गर्छ । तर ती मध्ये (व्याज) तर्फ पनि लक्ष्यको ६९ दशमलब ७९ प्रतिशत मात्र दायरा भेटिएको आन्तरिक राजश्व कार्यालयको तथ्याँकमा उल्लेख गरिएको छ । अन्य राजश्वका परिसूचकहरुमा भने लक्ष्यको ६० प्रतिशत कुनैमा पनि कट्न सकेको देखिदैन ।
६ वटा राजश्वका परिसूचक मध्ये सबैभन्दा बढि राजश्व संकलन गरिएको भनेको मुल्य अभिवृद्धि कर तर्फ विभागले राजश्व लक्ष्य २ अर्ब २३ करोड १६ लाख २५ हजार दिएको थियो । यसमा २ अर्ब २० करोड ३७ लाख ९४ हजार राजश्व संकलन गरी मुख्य लक्ष्यको भारमा ठूलो योगदान गरेको कार्यालयले दावी गरेको छ । त्यसै गरी दोस्रो बढि राजश्व संकलन भएको परिसूचक मध्ये आय कर तर्फ पनि २ अर्ब ८३ करोड ५५ लाख ७५ हजार लक्ष्य पाएकोमा २ अर्ब १७ करोड ५२ लाख २७ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
हेल्थ सेवा तर्फको परिसूचकमा भने १ प्रतिशत पनि राजश्व संकलन भएको तथ्याँकमा उल्लेख छैन । यो स्थानीय तर्फ खासै नसमेटिने भएकोले यसमा जिल्लामा परिणाम नदेखिने कार्यालयको तर्क छ । यता अघिल्लो आर्थिक वर्ष ०७९/०८० को तुलनाभन्दा समग्रमा चाही थोरै प्रगति गर्न सकिएको कार्यालयको दावी छ । अघिल्लो आर्थिक वर्ष चाही कुल लक्ष्यमा ६७ दशमलब २ प्रतिशत मात्र दायरा भेटिएको थियो । तर गत आर्थिक वर्ष त्यो दरलाई अलि बढाएर ७२ दशमलब ९३ पु¥याउन सके पनि लक्ष्य भेट्न भने नसकिएको आन्तरिक राजश्व कार्यालय वीरगन्जका प्रमुख तिवारीको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ