काबिल सम्वाददाता
वीरगन्ज
लागू औषध दूव्र्यसनीमा आकर्षित कारोवारी र प्रयोगकर्ताले दिनरात तयारी अवस्थाको लागु औषध नेपाल भित्र्याउने क्रम सीमावर्ती ईलाकामा नौलो थिएन । हुँदा–हुँदा छिमेकी मुलुकबाट कारोवारमा सम्लग्न केही श्रीमान्–श्रीमती नै तयारी अवस्थाको लागु औषध बोकेर नेपाल छिर्न थालेको भेटिनु चाही निकै नौलो भएको हो ।
तयारी अवस्थाको लागु औषध खपत गर्न श्रीमान–श्रीमती नै नेपाली भूमिसम्म आउन उद्धत्त हुनु सामान्य कुरा होइन । यसमा पनि नेपाली भूमिसम्म तयारी अवस्थाको लागु औषध खपत गर्न युगल जोडी नै आउन थाल्नु त्यो सामान्य नभएको स्थानीय बुद्धिजिबीहरुको भनाइ छ । वैदेशिक रोजगारीमा जान नसकेका र छुटेका युवाहरुलाई यो तहसम्मको हर्कतले ठूलो भड्खालोमा हाल्ने सम्भावना झन् बढेर गएको उनीहरुको तर्क छ ।
लागु औषधको कारोवार र प्रयोगको लतमा फसेका नेपालीहरु नै सीमा उपार भारतीय बजारसम्म पुगी तयारी अवस्थाको लागु औषध लुकाई छिपाई पैठारी गर्दै व्यापक संजाल खडा गरिसकेका छन् । त्यो संजालमा उताका कारोवारी केही श्रीमान–श्रीमती समेत नेपाली भूमिमा प्रतिवन्धित लागु औषध सहित भेटिनु राम्रो संकेत नभएको पर्सा प्रहरीको भनाइ छ । यो वडो बिडम्वना भएको सीमावर्ती इलाकामा ड्यूटिमा खटेका सुरक्षाकर्मीले पनि बताए ।
गएको बिहिबार यस्तै तथ्य सीमावर्ती वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा फेला परेको छ । ठूलो परिणामको तयारी अवस्थाको लागु औषध खपत गर्न नेपाल छिरेको युगल जोडी मुलुकको प्रमुख भन्सार नाका अगाडी सामान सहित पक्राउ परेका छन् । उनीहरुले नेपाली सुरक्षाकर्मीलाई यत्तिकै झुक्याउन सकिन्छ भनी सेतो बोराभित्र ४ हजार ५ सय ४ पीस ‘थ्रोमा ५०’ लेखिएको तयारी अवस्थाको लागु औषध ट्याव्लेट ल्याएका रहेछन् पर्साका प्रहरी नायव उपरिक्षक दीपक भारतीले बताए । दशी नै फेला परेपछि उनीहरुलाई पर्सा प्रहरी कार्यालयमा ल्याई अनुसन्धानमा थालिएको उनको भनाइ छ । ‘प्रहरी नियन्त्रणमा परेका कारोवारी महिला पुरुष दुवै श्रीमान–श्रीमती रहेको भेटियो’ उनले भने ।
सीमावर्ती जिल्ला पर्सामा गएको साउन महिनामा मात्र स्वदेशी पुरुष १३ र महिला २ जना पक्राउ परिसकेका छन् । यो भन्दा डरलाग्दो अवस्था विदेशी पुरुष र महिला पनि ठिक उत्ति नै संख्या अर्थात १३ पुरुष र २ जना महिला नै पक्राउ पर्नु यो निकै ठूलो विडम्बना भएको पर्सा प्रहरीको आँकलन छ । यसले लागु औषधको संजालमा नेपाल ह्वात्तै गाँजिदै गएको तथ्याँकले पनि पुष्टि गरेको छ । एक महिना नपुग्दै स्वदेशी १५ र विदेशी पनि १५ जना नै पर्सामा पक्राउ परिसक्नुले कारोवारी र प्रयोगकर्ताले नेपाललाई ‘ट्रान्जिट विन्दु’ का रुपमा प्रयोग गर्न थालेको प्रहरीको ठम्याई छ । नेपालीभन्दा बढि बिदेशी नागरिक नेपाली भूमिमा पक्राउ पर्नुले तयारी अवस्थाको लागु औषध उत्पादन मात्र नभई खपतका लागि उनीहरु उद्धत्त भएको पुष्टि भएको हो । विगतमा सीमावर्ती जिल्ला पर्सामा स्वदेशी नागरिक बराबर नै विदेशी (भारतीय) नागरिक पक्राउ परेको तथ्याँक थिएन । तर चालु साउन महिनाको पछिल्लो तथ्याँकले झन ठूलो चुनौती दर्ज गरेको पर्सा प्रहरीको ठम्याई छ ।
भारतबाट नेपाल तर्फ शंकास्पद तवरले आउँदै गरेका उक्त जोडीलाई सीमामा खटेका प्रहरीले रोकेर रीत पु¥याई खानतलासी लिंदा बोरा भित्र (च्इज्ःब् छण्) लेखिएको १० ट्याव्लेटको ४ सय ४८ पत्ता र काटेको २४ पिस गरी कुल ४ हजार ५ सय ४ पीस लागु औषध ट्याबलेट बरामद भएको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक भारतीले बताए । लागु औषध सहित पक्राउ परेका अभियुक्त धुरेन्द्र राम र मधु देवी दुवै भारतको विहार जिल्ला मोतिहारी सकराहा थाना वडा नं.९ का वासिन्दा रहेको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक भारतीले बताए । उनीहरु श्रीमान–श्रीमती नै रहेको अनुसन्धानले देखाएको उनले बताए ।
सुरक्षाकर्मीको आँखा छल्न सहज हुने अपेक्षाले महिला सहित श्रीमान श्रीमती नै यसरी तयारी लागु औषध कारोवारमा संलगन हुन थालेको पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताए । सीमाका प्रहरीले पछिल्लो समय दैनिक जसो लागु औषध कारोवारी र प्रयोगकर्ता पक्राउ गरिरहेको छ । प्रहरीले सुरक्षाका अन्य कामभन्दा पनि लागु औषध कारोवारीकै पछाडी पर्नु पर्ने बाध्यताको चुनौति थपिएको उनको तर्क छ । यो शैलीले समाज कता पुग्छ ? भन्ने चिन्ता बढेर गएको प्रहरी उपरीक्षक ढुंगेलले बताए । सीमामा महिला पुरुष सहित हिड्नेको ताँती हुन्छ । यसै क्रममा उस्तै हाउभाउमा कारोवारी हिड्दा कम शंका गर्ने र सहजै गन्तव्यमा पुग्न सकिने कारोवारीको आँकलन हुन सक्छ । तर उनीहरुको शैलीलाई प्रहरीले सहजै पत्ता लगाइहाल्छ । कारोवारी र प्रयोगकर्ताले आँकलन गरे जस्तो सजिलो त छैन । तथापि हुलमुलमा सीमा कट्छन् कि भन्ने चुनौती सुरक्षाकर्मीलाई थपिएको पर्साका प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक ढुंगेलले बताए । यो जालो तोड्न सुरक्षाकर्मीसँगै समाज नै बढि सजग हुन पर्ने उनको सुझाव छ ।
तयारी लागु औषध ओसारपसारमा विदेशी ‘युगल’
- Advertisement -
प्रतिक्रिया लेख्नुहोस्