spot_img

ताजा अपडेट

भू–गर्भको पानीको श्रोतबारे बल्ल चासो

- Advertisement -

तुलसी भण्डारी
वीरगन्ज
जलवायु तथा वातावरणीय परिवर्तनसँगै भू–गर्भबाट निकालेर प्रयोग गर्ने पानीको श्रोत अझ खल्बलिने हो कि ? भन्ने वीरगन्जवासीले बल्ल चासो गर्न थालेका छन् । भू–गर्भको पानी तानेर खाइरहेका उनीहरुले केही वर्षबाट चापाकलमा पानी सुक्न थालेको तितो अनुभव गरिरहेका छन् । यसै समयमा फेरि भू–गर्भकै पानी तानेर पानी वितरण गर्ने योजनासहित आएको एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना (आइडब्लुएसएसएमपी) सँगको कुराकानीमा वीरगन्जवासीले भू–गर्भको पानीको श्रोत अझ खल्बलिन्छ कि ? भन्ने चासो व्यक्त गरेका हुन् ।
खानेपानी आयोजना कार्यान्वयन गर्नु पूर्व प्रारम्भिक वातावरणीय परीक्षण बारे एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले मंगलबार आंसिक र बुधबार विस्तृत रुपमा वीरगन्जमा सार्वजनिक सुनुवाई गर्दा वीरगन्जवासी साविकमा भन्दा पानीको श्रोतबारे बढि चिन्तित भएको पाइएको हो ।
२ अर्ब ९३ करोड ४३ लाख ९२ हजार ७ सय ३८ रुपैया ४६ पैसाको ठूलो आयोजना सुरु गर्नुपूर्व लक्षित ठाउँमा नै पुगी सार्वजनिक सुनुवाई गर्नुपर्ने ऐन र नियमावली छ । आयोजनाले सो परिधिमा रही वीरगन्जवासीसँग भू–गर्भको पानी तानेर यहि ठाउँमा वितरण गर्ने भने पछि पानीको श्रोतको चर्चा सतहमा आएको हो ।
विज्ञका सुझाव विना डिप बोरिङ
केहीवर्षबाट मधेशमा चापाकलमा खानेपानी सुक्न थालेपछि तत्कालको समाधान भन्दै विज्ञको सुझाव विना नै स्थानीय सरकार, सांसद र नेता तथा केही धनाढ्यले पनि मनलाग्दी जमिनमा डिप बोरिङ्ग गरी काम चलाउँदै छन् । तर सिमित व्यक्ति र निकायले तत्काल पानीको उपाय खोज्दा ती डिप बोरिङ नजिकका चापाकलमा झन पानी सुक्दैछ । त्यसैले स्थानीयको चासो बढेको छ । पहिले पानी दिने चापाकल अहिले उल्टै पानी ख्वाएर पनि पानी दिन गाह्रो मान्छन् । एकिकृत खानेपानी आयोजनाले गर्ने वृहत डिप बोरिङ्गले सर्वसाधारणको खानेपानीको अहिलेको श्रोत अझ सुक्छ कि भन्ने चासो झाँगिएको हो । तर योजना बोकेर वीरगन्ज झरेका आयोजनाका विज्ञ तथा ईन्जिनियरहरुले त्यस्तो नहुने दावी गरे ।
आयोजना कार्यान्वयन पूर्वका प्रश्न
विज्ञका कुरासँग मेल खाने गरी पानी प्रयोग पूर्व दूरगामी सोच सहित आयोजना कार्यन्वयनमा ल्याउनु पर्ने वीरगन्ज ८ का वडाध्यक्ष रितेश गुप्ताले आयोजनाको सार्वजनिक सुनुवाईमा सुझाव दिए । विगतका आयोजनाहरु निर्माण गर्दा वीरगन्ज क्षेत्रमा जमिनमा पानी सोस्ने (शोकपिट) राखिएका छ्रैनन् । यो योजनामा त्यस्तो त हुँदैन ? शैली परिवर्तन् हुन्छ ? पानी बोरिङ्ग गर्ने तरिका अर्थात लेयर पिच्छे जाली राख्ने पनि गरिन्छ कि ? अनि विज्ञको सुझाव कत्तिको समेटिन्छ ? सर्वसाधारणले प्रयोग गरिरहेको पानीको लेयर नखल्बलिने आधार के अपनाउनु हुन्छ ? जस्ता कुरा महानगरका वडाध्यक्षहरु प्रदिप चौरसिया, जगत साह कानु, रितेश गुप्ता, अन्यले उठाएका थिए ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ देखि १४ र २४ लाई लक्षित गरी डिपिआर तयार भइसकेको खानेपानी आयोजनाको ठूलो योजना कार्यान्वयन गर्दा वातावरणीय असर, सडक विगार्ने, बर्षौं योजना अलपत्र पार्ने, अनि योजनाको २५ बर्षे आयु सकिएपछि मधेशमा खानेपानीको अन्य उपाय के हुने ? जस्ता बिषय सार्वजनिक सुनुवाईमा उठेका छन् ।
मधेशमा पानी सुक्ने कारण के भन्छन् विज्ञ ?
पछिल्लो समय तराई मधेशमा चर्को खडेरी, चुरेको दोहन, बोटबिरुवा तथा जंगलको विनास, जलवायु तथा वातावरणीय परिवर्तन, भूमिगत सिंचाइ तर्फमा उच्च प्राथमिकता र सर्वसाधारणको पानी प्रयोगको लापर्वाही, मधेशमा खानेपानीको श्रोत सुक्ने कारण रहेको विज्ञहरुको दावी छ । चापाकल सुक्ने खास कारण मध्ये जलवायु परिवर्तन पहिलो भएको विज्ञ मध्ये भूगर्भविद् कविराज पौडेलले बताए । चुरेको बढ्दो दोहन, बोटबिरुवाको विनाश, खेतीपाती गर्ने फरक तरिका, भूमिगत सिंचाई कार्यक्रमको अदूरदर्शी पानी दोहन, राज्य तथा आम मानिसलाई पानीको दीर्घकालिन समस्याको ज्ञान नहुनु जस्ता कारण भू–सतह भित्रको पानी सुक्ने अन्य पक्ष रहेको उनको भनाइ छ । बोरिङबाट पानी निकाली ११ हजार ३ सय ६६ परिवारमा सरकारी धाराबाट पानी वितरण गर्दै आएको वीरगन्जस्थित खानेपानी संस्थानका प्रमुख तथा भू–गर्भको पानीका जानकार ईन्जिनियर मन्दिप श्रेष्ठले पनि चुरेको दोहन र जमिनमा बन्ने संरचनामा कपपिटको प्रयोग नहुनु खानेपानीको श्रोत सुक्दै गएको दावी गरे । वातावरणीय प्रभावबारे आम मानिसमा हेक्का नै भएन उनले तर्क गरे । भोली ‘सन्ततिलाई के छोडेर जाँदैछौं ? भन्ने हेक्का सबैमा रहन पर्ने उनको सुझाव छ ।

मधेश प्रदेशमा पानीका श्रोत प्रयोग गने घरधुरी संख्या 
तालिका नं. १
क्षेत्र    ज.घर संं   घरभित्र   घरबाहिर  चपाकल   ढकनईनार खुल्लाईनार  मुलधारा  नदिखोला जारबोत्तल अन्य
तराई   ३३०६५५१  ८६०९३८  ३२४३४४  १९२०९१४   ४६०६१   ५८३७४        ४३०३२    ५६०५     २३१०८     २४१७५
सप्तरी  १४६८१६     ४६४५    २०९०     १३७१६४        ५८८        १०८४         २०७        ६३         २१२          ७६३
सिराहा   १४८५४९   १५०५९    ८२६२   ११६७५९        १५३५       ४०७४         ६८९        २८५       ३७८          १५०८
धनुषा   १७७०९१    २०६४५    ६९९९    १३३३७८      १९१३       १०४१२       १५२९        ११४       ५४२        १५५९
महोत्तरी १३७८८६ २७६३१   १४०७०    ८७१९२         १०१५       २१३७        २२३१      ४७        ९४           ३४६९
सर्लाही १६४८२४    २९२३१   १३१००   १११४०७       १६२५      ५७४७        १२८९      ८५        ४०६         १९३४
रौतहट  १३७०२५   २६२८५    १०४६३   ९४७९३        ७१४      ७७८          १८९९      ८७       २२९          १७७७
बारा   १३११७९     ३००७०     १६०६९   ७९४९६     ४५६      १००६        २६२२      २१        ७८          १३६१
पर्सा  ११३०१३     २५५९०     १३६००   ७०,०३०     २१६      ७२८          ३३९१      २७       ३१३         १११८
श्रोतः राष्ट्रिय जनगणना २०७८

मधेश–तराईमा उत्पन्न खानेपानी समस्याको निरुपणमा १ लाख ९६ हजार ५६ जनालाई उक्त आयोजनाले २५ बर्षसम्म निधान गर्ने आयोजना कार्यालयबाट आएका इन्जिनियर इमन महर्जनले बताए । एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना पानी पोखरी काठमाण्डौ प्रस्तावक रही मधेश प्रदेश, पर्सा, जिल्ला वीरगन्ज महानगरपालिकामा कार्यान्वयन हुने भनी ‘वीरगन्ज खानेपानी आयोजनाÕको प्रारम्भिक वातावरणीय परिक्षण (आइईई) अध्ययन कार्य उपर भएको सार्वजनिक सुनुवाईमा उनी सहित आयोजनाका वरिष्ठ ईन्जिनियर महेश न्यौपाने र वातावरण विज्ञ द्वारिका फुयालले स्थानीय जनप्रतिनीधि र सर्वसाधारणका जिज्ञासाको उत्तर दिएका थिए ।
खासमा कुनै पनि ठूलो योजना कार्यान्वयन गर्दा प्रभावित क्षेत्रको भौतिक, रासायनिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणमा पर्न सक्ने प्रभावहरुको बारेमा स्थानीयमा प्राविधिक पक्ष केलाउन आयोजना कार्यालय वीरगन्ज आइपुग्दा मधेशका नागरिकको चासो बढेको पाइएको हो । मुलुकभरका १२ शहरमा खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले गर्दै गरेका आयोजना मध्ये वीरगन्जको वडा नम्बर ३० मा दिसापिसाबजन्य लेदो व्यवस्थापन सेन्टर पनि बनाइदिने जनाइएको छ ।
तराईमा पानी सुक्ने कारण के ?
नेपालको कुल क्षेत्रफलको १३ प्रतिशत भूभाग चुरे क्षेत्रले ओगटेको पाइन्छ । यो क्षेत्रले आसपास र खास गरी तराईको जनजीविकालाई सहज पार्दछ । मध्यपहाडी क्षेत्र र तराईको पूर्व इलामदेखि कञ्चनपुरसम्म ३६ जिल्ला चुरेसँग बढि सरोकार राख्छन् । जैविक र प्राकृतिक स्रोतको जथाभावी दोहन र सम्भावित संकट समाधानका निम्ति उच्चस्तरीय अधिकार सम्पन्न समिति गठन भएर पनि यो क्षेत्रको विनाशको सृंखला नरोकिएको विज्ञहरुको दावी छ । सन् १९५० को दशक यता औलो उन्मुलन भएसँगै तराई क्षेत्रमा वस्ती विस्तारसँगैको करिब ७ दशक यता चुरेमाथिको विनासको सृंखला निकै बढेको पनि विज्ञहरुको तर्क छ । साविकका नदी, पोखरी, तलाऊ र इनारको प्रयोग बन्द गरी जलवायु परिवर्तनमा तिव्रता पुग्नेगरी वातावरणीय विनाश तर्फ बढि केन्द्रित असोभनीय रह्यो उनले भने ।
बितेको करिब डेढ दशकमा चुरेको अनियन्त्रित उत्खनन् र बालुगीटी विदेश निकासी यसको अस्तित्व धरापमा पार्ने अस्त्र झै भएको छ । स्थाानीय निकाय, वन कार्यालय र राज्य आ–आफ्ना क्षेत्राधिकारका कुरा गर्छन् । तर ढुंगा, बालुवा, गिट्टीको संकलन र निकासी मापदण्ड विपरित प्रयोगले चुरे र यहाँको जंगल विनाश भए । अर्को चुरेमै खुलेका क्रसर उद्योगको छद्मभेषी कार्य अहिले तराई मधेशको भूसतह मुनिको पानी सुकाउने कारण मध्येका रहेको विज्ञहरुका दावी छन् । चुरे विनाशको दोष व्यवसायी, स्थानीय निकाय, वन कार्यालय र राजश्व निकायका विभिन्न संयन्त्रमाथि जान्छ विज्ञ मध्येका भू–गर्भविद् कविराज पौडेलको पनि तर्क छ ।
प्राकृतिक संरक्षणको दुई दशकदेखि मुद्दा उठाउँदै आएका प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंहले ‘प्रकृतिले हामीलाई निःशुल्क पानी दिएको छ । तर अति प्रयोगले हित गरेन भने । प्राकृतिक संरक्षणकोलागि जिल्ला प्रशासन कार्यालय, अन्य सरोकारवालाहरुलाई घच्घच्याउदै आएँ पनि कसैले नसुनेको उनको गुनासो छ ।
पानी पलाउने विज्ञहरुका सुझाव
वर्षाको पानी भण्डारण गर्ने पोखरी बनाइए लामो समयलाई जोहो गर्न सकिने हुन्छ । पानीका स्रोत व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन ठोस योजना बनाई काम गर्न राज्य र आम मानिस पनि लाग्नु पर्छ । समग्र तराई–मधेशको जलस्रोतको चक्रीय प्रणालीलाई सघाउ पु¥याउन पर्ने विज्ञहरुको सुझाव छ । भावरका विभिन्न स्थान, खोलाले छाडेको पुरानो धार र बगरहरूमा पानी जमाइए त्यो सोसिएर भूमिगत रूपमा पानीका श्रोतमा बल पुग्छ । खोलाको सतहमुनि पर्ने गरी भूमिगत ईनार र कुलेसो बनाएर पनि पानी सङ्कलन गर्न सकिने उनीहरुको सुझाव छ ।
चुरे र भावर क्षेत्रमा पोखरी वा ड्याम बनाएर तराईमा पानी सङ्कट टार्न सकिन्छ । चुरे र भावर क्षेत्रका नदी–खोलामा ड्याम बनाएर पानी जमाउन सकिन्छ, । तराईको पानीको स्रोत भनेको चुरे र चुरेबाट निस्केका खोलाहरुको मूल भावर क्षेत्र हो । वर्षाको पानी गर्भमा जम्मा गरेर राख्ने र बिस्तारै छोड्दै जाने प्रणालीको विकास चुरे र भावर क्षेत्रमा गर्न सके बल्ल तराईमा पानी रिचार्जमा बल पुग्ने उनीहरुले सुझाव छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ