spot_img

ताजा अपडेट

सुख्खा बन्दरगाहमा अघिल्लो वर्षभन्दा बढि राजश्व संकलन

काबिल सम्वाददाता
वीरगन्ज
वीरगन्जमा रहेको मुलुकको पहिलो सुख्खा बन्दरगाह भन्सार कार्यालय (ड्राइपोर्ट) ले अघिल्लो वर्षको तुलनामा ११ दशमलब ५७ प्रतिशत बढि राजश्व संकलन गरेको छ । नेपाली व्यवसायीले पैठारी गरेका सामान सुख्खा बन्दरगाह भन्सारसम्म मालवाहक रेलबाट सिधै आउँछ । मालबस्तु बोकेर रेल नै नेपाली भूमिमा आउने यो नै पहिलो बन्दरगाह पनि हो । अनि यताबाट पनि विभिन्न सामान छिमेकी या तेस्रो मुलुक पठाउँदा त्यहाँ जाँचपास हुन्छ । सो सामानहरुको भन्सार जाँचपास गराउँदा संकलित राजश्व अघिल्लो आर्थिक वर्षमाभन्दा गएको आर्थिक बर्ष २०८०÷०८१ मा ११ दशमलब ५७ प्रतिशतले बढेको पाइएको हो ।

यो भनेको सुख्खा बन्दरगाहले अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा भन्दा गएको आर्थिक वर्ष (०८०÷०८१) मा ४ अर्ब ९० करोड ७८ लाख ९७ हजारले बढि राजश्व संकलन गरेको तथ्याँकले पुष्टि गरेको छ । सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जले अघिल्लो आर्थिक वर्ष कुल ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार मात्र राजश्व संकलन गरेको थियो । तर गएको वर्ष भने ४७ अर्ब ३१ करोड ०१ लाख ९० हजार राजश्व संकलन गरेको सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जका प्रमुख धन बहादुर बरुवालले बताए । तथापि राजश्व संकलनको लक्ष्यमा भने अझै कमै रहेको उनको भनाइ छ ।
विभागले वीरगन्जमा अवस्थित मुलुककै पहिलो सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई कुल राजश्व संकलनका लागि ६५ अर्ब ९४ करोड ०१ लख २२ हजारको लक्ष्य दिएको थियो । यो राजश्व संकलनका लागि बढि योगदान गर्ने सामान अझै अपेक्षाकृत रुपमा नभित्रिदा लक्ष्य चाही केही भेटाउन नसकिएको उनको भनाइ छ । राजश्वमा बढि योगदान गर्ने फलामजन्य बस्तु र तयारी अवस्थाको विदेशी मदिरा लगायतको आयातमा केही कमी हुँदा राजश्वमा स्वभाविक प्रभाव परेको उनको तर्क छ ।

खास गरी कुल पैठारीमा नै केही गिरावट आउँदा राजश्व लक्ष्यमा भंसार चुकेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत सुशिल शर्माले बताए । अघिल्लो आ.ब.मा यो भन्सार कार्यालय हुँदै कुल ३११ अर्ब मूल्य बराबरको मालबस्तु पैठारी भएको थियो । तर गत आ.ब.मा भने सो परिणाममा पनि केही कमी हुँदै कुल ३०२ अर्बको मात्र मालबस्तु पैठारी हुँदा स्वभाविक रुपमा राजश्वमा थोरै अवसर देखिएको उनको भनाइ छ । टप २० आइटम मध्ये स्पन्ज आइरनमा १ अर्ब, विलेट पलाममा पनि १ अर्ब १४ करोड जति राजश्व कम उठेको छ । त्यसै गरी तयारी अवस्थाको विदेशी मदिराबाट पनि १२ करोड जतिको राजश्व गिरावट भएको सूचना अधिकारी शर्माको तर्क छ । मुलुकको लागि पैठारीको लागत घट्नु हितकर भए पनि पैठारीमा आउने गिरावटले राजश्व संकलनको लक्ष्यमा भने कमी आएको उनको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्

सम्बन्धित खबर

ट्रेन्डीङ