spot_img

ताजा अपडेट

प्रोजिओ केमको दोश्रो अधिवेशन सप्पन्न

- Advertisement -

काबिल सम्वाददाता
वीरगन्ज
समग्र उद्योग ट्रेड युनियन नेपाल प्रोजिओ केम प्रा. लि. मा भएको अधिवेशनले नयाँ कमिटि निर्वाचित गरेको छ । प्रा.लि.को दोस्रो अधिवेशनले तेज नारायण प्रसाद कुर्मीको अध्यक्षतामा नयाँ ईकाइ कमिटि निर्वाचित गरेको हो ।
अधिवेशन समग्र उद्योग ट्रेड युनियन नेपालको केन्द्रिय सचिव गीता भण्डारीको प्रमुख आतिथ्यमा गएको शनिबार सम्पन्न भएको थियो । सो अधिवेशनमा प्रमुख अतिथि भण्डारीले श्रमिकहरुको हित र अधिकार प्राप्तिमा श्रमिकहरु एक नभएसम्म उपलब्धी हात असम्भव हुने बताएकी थिइन् । श्रमिकको अधिकार प्राप्तिमा सबै श्रमिक एकजुट भए मात्र सफलता हात पार्न सकिने उनको सुझाव थियो । सामाजिक सुरक्षा कोषबाट अधिकार लिने कुरा या राज्यले निर्धारण गरेको सुविधा प्राप्त गर्ने श्रमिकका कुरा यत्तिकै प्राप्त गर्न गाह्रो हुने भएकोले सबै श्रमिक एकजुट हुन पर्ने उनको भनाइ थियो । सो कार्यक्रममा केन्द्रीय सदस्य मनोज चौधरी (व्हिन) उपाध्यक्ष रामतप्सी साह, सचिव प्रेम चौधरीलगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


सम्पन्न अधिवेशनले प्रोजिओ केम प्रा.लि.को ईकाइ उपाध्यक्षमा अशोक कुमार पटेल, सचिवमा सरोज कुमार पटेल, सह–सचिवमा बिनोध कुमार कुर्मी, कोषाध्यक्ष बिरेन्द्र पान्डेलाई निर्वाचित गरेको छ । त्यसै गरी सदस्यहरु क्रमशः रम्भु प्रसाद कुर्मी, रामबाबु पटेल, धर्मेन्द्र प्रसाद कुर्मी, लाला बाबु पटेल, जलन्दर सिङ, रामजी प्रसाद यादव, संजय राउत कुर्मी, विजय प्रसाद पटेल र सत्य प्रकाश पटेललाई निर्वाचित गरेको छ । नयाँ निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि भण्डारीले सपथ ग्रहण गराएकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ