spot_img

ताजा अपडेट

अन्ततः कर्तुत गर्ने कोही उम्किदैन

- Advertisement -

कुम्हार र ठाकुरको हत्यामा संलग्न मुख्य योजनाकार सहित तीन पक्राऊ
काबिल सम्वाददाता
वीरगन्ज
बाराका राम एकवाल पडित कुम्हार र सुरेश ठाकुरको हत्याका योजनाकार सहित तीन अभियुक्तलाई सुक्ष्म अनुसन्धान पछि पर्सा प्रहरीले पक्राउ गर्न सफल भएको छ । बाराबाट पर्साको पनि ग्रामिण क्षेत्रमा ल्याई सीमास्तम्भ नजिक पु¥याई घटना गराउने मुख्य योजनाकार सहित तीन अभियुक्तहरुलाई पर्सा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
घटनाको विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान गर्दा झारफुक एवं झाँक्रीको काम छ भनी गएको जेठ २५ गते शुक्रबार साँझ सवा ६ बजे बाराको कलैयाबाट बसमा चढाई यता ल्याएका रहेछन् । उनीहरुले पर्साको प्रतिमा चोकमा सो बसबाट झारी प्रतिमाचोकबाट पनि पावरहाउस चोक हुँदै विन्दवासिनी–केहुनिया जाने गाडी चढाई उता लगेको खुलेको पर्सा प्रहरीले जनाएको हो । योजनाकार सहितका अभियुक्तहरुले विन्दवासिनी चोकमा उनीहरुलाई झारी अर्को एक जनाले दुवैलाई मोटरसाइकलमा चढाई बहुअर्वाभाठाको बाटो हुँदै हुलाकी सडकबाट लखनपुर पु¥याई नहरको तर्फबाट जगरनाथपुर स्थित विसुनपूर्वा ओरिया खोलामा लगेका रहेछन् प्रहरी नायव उपरिक्षक दिपक भारतीले बताए । त्यहाँ पु¥याई कुम्हार र ठाकुरलाई उनीहरुकै साथमा भएको गाम्छाले घाँटीमा बाँधी घाँटी थिचेर हत्या गरी शव त्यही खोला छेवैमा एकै ठाउँमा गाडेको खुलेको पनि प्रहरीले जनाएको छ ।

मृतकको शव नेपाल भारत सीमानाको दशगजाभन्दा ८० मिटर नेपालको सरहद भित्र सीमापिलर नम्बर ५÷४५१ को उत्तर तर्फ खाली जग्गामा गएको जेठ २९ गते गाडेको अवस्थामा शव फेला परेको थियो । दुवै शव अभियुक्तहरुले नै कर्तुत गरी हत्या गरी गाडेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको पर्सा प्रहरी प्रवक्ता समेत रहेको प्रहरी नायव उपरिक्षक भारतीले बताए ।
ती शव बाराका राम एकवाल पडित कुम्हार र सुरेश ठाकुरको रहेको पछि पुष्टि भएको थियो । मृतकलाई झारफुक गर्ने बहानामा त्यहाँ पु¥याई उनीहरुकै गाम्छाले दुबै जनाको हत्या गरी नजिकैको ओरिया खोला तटमा शव गाडेर सुटुक्क फरार रहेका योजनाकार सहितका अभियुक्तहरु बुधबार पक्राउ गर्न सफल भएको उनले विस्तृतमा बताए । पक्राउ परेका मध्ये मुख्य योजनाकार जिल्ला जगरनाथपुर गाउँपालिका ५ का ३२ बर्षीय सन्तोष प्रसाद कुम्हार, बाराको कलैया उपमहानगरपालिका ५ बस्ने बर्ष ३३ का लक्ष्मण कुमार प्रजापति रहेको खुलेको छ । यी दुवै जनालाई वीरगन्ज मनपा १५ भिस्वाबाट बुधबार पक्राउ गरेको प्रहरी नायव उपरिक्षक भारतीले बताए । त्यसै गरी घटनामा संलग्न अर्का अभियुक्त जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ धर्मपुरका ४५ वर्षीय महादेव महतो नुनियालाई पनि असार १८ गते बुधबार नै पक्राउ गर्न सफल भएको पर्सा प्रहरीले जनाएको हो ।
पक्राउ परेका अभियुक्तत्रयलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धानका लागी अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान प्रकृया अगाडी बढाइएको पनि पर्साका प्रहरी नायव उपरिक्षक भारतीले बताए । पहिचान खुलेका अन्य अभियुक्तको पनि खोजी कार्य तिब्र पारिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ