spot_img

ताजा अपडेट

एसइईको नतिजा भयो सार्वजनिक

काबिल सम्वाददाता
वीरगन्ज
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बिहिबार बिहान परीक्षा बोर्डले यस बर्षको एसइईको नतिजा सार्वजनिक गरेको हो ।
यसवर्ष एसइई परीक्षामा सहभागी भएका कुल विद्यार्थी संख्या ४ लाख ४४ हजार ७ सय ८५ थियो । सो संख्या मध्ये सार्वजनिक नतिजा अनुसार, यसवर्ष सहभागी कुल विद्यार्थीमध्ये ४७. ८६ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । अनुतीर्ण हुने विद्यार्थीको संख्या उतीर्ण हुनेकोभन्दा बढि अर्थात् ५२ दशमलब १४ प्रतिशत रहेको राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परिणामले देखाएको छ । यो तथ्याँक अनुसार आधाभन्दा बढि विद्यार्थीले कक्षा ११ पढ्न असमर्थ सावित भएको खुलेको छ । सार्वजनिक परिणाम अनुसार कुल २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।
‘नन् ग्रेडेड’मा परेका २ लाख ४२ हजार ३ सय १३ जना भने ५२ दशमलब १४ प्रतिशतमा परेका छन् । यसमा पनि १ लाख २६ हजार २ सय ९७ विद्यार्थीले दुई विषयभन्दा बढिमा न्यूनतम ग्रेड ल्याउन नसकेपछि उनीहरुले पुनः कक्षा १० दोहो¥याएर पर्ने पर्ने बाध्यता देखिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार दुई वटासम्म विषयमा नन् ग्रेडेड हुने विद्यार्थी १ लाख १५ हजार ८३४ जना छन् । एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको संख्या ६७ हजार ७ सय ९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएको बोर्डले जनाएको छ । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले परिणाम सार्वजनिकसँगै जनाएको छ ।
यस वर्ष १ सय ८६ जनाको ४ जिपिए आएको र २ सय २१ जना परीक्षार्थीको परिक्षा नै रद्द भएको पनि राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८ सय ३४ छन् । त्यसमा ६७ हजार ८ सय ९६ जना एक विषयमा अनुत्तीर्ण रहेको सार्वजनिक परिणामसँगै जनाइएको छ । एसइईमा सबैभन्दा बढी २.८० देखि ३.२० सम्मको ग्रेडमा विद्यार्थी संख्या रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाएका छन् । सबैभन्दा बढी ७८ हजार ८ सय ७४ जनाले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गरेको उनको भनाइ छ । ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८ सय ३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण र १.६० देखि २ जीपीए ६ जनाले ल्याएका छन् । त्यस्तै ३.६० देखि ४ जीपीए ल्याउनेको संख्या ३१ हजार २०९ रहेको बोर्डले उल्लेख गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ