काबिल सम्वाददाता
वीरगन्ज
गाँजालाई औषधीय सामग्रीका रुपमा प्रयोग गर्न सकिने भन्दै वैधानिकता दिने चर्चा चलिरहेकै समयमा २२ केजी ४ सय ९० ग्राम लागु औषध गाँजासहित पर्सामा एक युवक पक्राउ परेका छन् । दशी सहित पर्साको पटेर्वासुगौली गाउँपालिका–४, भथौडाका २३ बर्षीय अमित कुमार चौधरी यहाँ पक्राउ परेका हुन् ।
अभियुक्त चौधरीले आफ्नै गोठमा लागु औषध गाँजा लुकाई छिपाई राखेको उक्त परिणामको लागु औषध गाँजा सहित पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । उनलाई बिशेष सूचनाको आधकारमा पर्सा प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले पक्राउ गरिएको प्रर्सा प्रहरीले दावी गरेको छ । पक्राऊ परेका चौधरीले लुकाई राखेको ७ वटा पोकामा भेटिएको गाँजा २२ केजी ४ सय ९० ग्राम रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक भारतीले बताए ।
यता पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर १५ बाट पनि चौधरी पक्राउ पर्नु ३० घण्टा अगाडी खैरो हिरोइन सहित एक भारतीय नागरिक पक्राउ परेका थिए । पक्राउ परेका ती अभियुक्त भारतको बिहार राज्य मोतिहारी जिल्ला पोष्ट आदापुर ग्राम लालछपरा बस्ने बर्ष ३० का मोहमद निजामुद्दिन सिद्दिकी रहेको पर्साका प्रहरी नायव उपरिक्षक भारतीले बताए । अभियुक्त सिद्दिकीले लिएर आएको भारतीय नम्बर बीआर ०५ एवाई १३४६ को चारपाँग्रे टाटा टाइगो गाडीको चालक छेउको सिट कभरको खल्तीमा सो खैरो हिरोइन लुकाई लिएर नेपाल आएको खुलेको प्रहरीको भनाइ छ । सो खैरो हिरोइन जस्तो देखिने पदार्थ १ सय २ ग्राम रहेको प्रहरी नायव उपरिक्षक भारतीको भनाई छ ।सामान फेला परेपछि आफै गाडी चलाएर नेपाल छिरेका सिद्दिकीलाई सो गाडी र लागु पदार्थ सहित नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । अभियुक्त चौरधी र सिद्दिकी दुवैलाई लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान र कार्वाही प्रकृया अगाडी बढाइको पर्सा प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा सीमा उपारबाट तयारी अवस्थाको र तत्काल प्रयोग गर्न मिल्लेन लागु औषध लिएर नेपाल आउने युवाहरुको संख्या बढिरहेको प्रहरीको तथ्याँकले देखाएको छ । नेपालका मात्र नभई भारतीय युवाहरु पनि लागु औषध प्रयोग र कारोबारमा बढि संलग्न हुने क्रम दैनिक जसो पक्राउ परेका व्यक्तिको तथ्याँकले देखाएको प्रहरीको तर्क छ । सिमावर्ती जिल्ला पर्सामा लागु औषध सम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्तिहरुको तथ्याँक हेर्ने हो भने नेपाली र भारतीयहरु झण्डै आधा–आधाको हाराहारीमा रहेको पनि पर्सा प्रहरीले जनाएको छ । लागु औषध प्रयोग र कारोबार कुनै सीमा बिशेषभन्दा पनि समग्र विश्वलाई नै प्रभाव पार्ने हुँदा यसको प्रयोग र कारोवारमा सबैले सतर्कता अपनाउन पर्ने प्रहरी नायव उपरिक्षक भारतीले बताएका छन् ।