spot_img

ताजा अपडेट

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा, पर्सा, रौतहट र सर्लाही गरी ४ जिल्लाका ४ सय ७२ सहकारी सम्पर्कविहीन भएका हुन् ।
मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार यी चार जिल्लमा मात्रै उक्त संख्या बराबरको सहकारी संस्थाहरू हालसम्म सम्पर्कविहीन भएका छन् । जसमा सबैभन्दा बढी सर्लाहीको जिल्लाको एक सय ९२ वटा सहकारीहरू सम्पर्कविहीन रहेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै, बाराका एक सय १२ वटा रौतहटका ८३ र पर्साका ८५ वटा सहकारीहरू सम्पर्कविहीन रहेका छन् । मन्त्रालयका सहकारी विभागका अधिकृत सुनिल थापाका अनुसार यी सहकारीहरू नियमित रूपमा ताकेता गर्दापनि मन्त्रालयमा सम्पर्कमा नआएको, कोपोमिस प्रणालीमा आबद्ध नभएका र केही सहकारी संस्थाहरूसँग सम्पर्कसमेत स्थापित गर्न नसकिएको बताएका छन् ।
मन्त्रालयले पहिलो पटक ०८० साल चैत १८ गते नै ३५ दिने सूचना जारी गरी प्रदेशमा रहेका सहकारी संस्थाहरूलाई मन्त्रालयको सम्पर्कमा आउन आग्रह गरेको थियो । अहिले बिहीवार फेरि अर्काे सूचना जारी गरी बारा, पर्सा, रौतहट र सर्लाही गरी ४ जिल्लाका सहकारीहरूलाई सम्पर्कमा आउन ३५ दिने सूचनामार्पmत आग्रह गरेको छ ।
सूचनामार्पmत यस अवधिमा सम्पर्कमा नआउने सहकारी संघ संस्थाहरूलाई मधेस प्रदेश सहकारी ऐन,२०७९ तथा नियमावली २०८० बमोजिम कारबाई प्रक्रियाअघि बढाउने ब्योवहोरासमेत अघि बढाउने चेतावनी दिइएको छ ।
यसअघि मधेसका ८ जिल्लामध्ये महोत्तरी, धनुषा, सिराहा र सप्तरीका गरी ३१० सहकारीलाई सम्पर्कमा आउन सूचना जारी गरेको थियो । तर,तीमध्ये ६० वटा मात्रै सहकारी आवश्यक कागजातसहित सम्पर्कमा आएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ