spot_img

ताजा अपडेट

बाई–बाईको हात उठाउँदै पनि वीरगन्ज कलेजले दियो जीवनोपयोगी ज्ञान

- Advertisement -

काबिल सम्वाददाता
वीरगन्ज
वीरगन्ज कलेजको १२ कक्षाका विद्यार्थीहरुलाई बाई–बाईको हात उठाउँदै गर्दा झन जीवनोपयोगी शिक्षा दिंदै विदा गरेको छ । कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई बुधबार वीरगन्जमा विदाईको कार्यक्रम आयोजना गर्दा पनि जीवनोपयोगी ज्ञानको दिंदै बाई–बाई गरेको हो ।
विदाईको क्षण फुकाईएको ज्ञानको पन्तुराका सागरबाट विद्यार्थीले कति जीवनोपयोगी ज्ञान उघाउन सक्ने हुन् त्यो त उनीहरुको मष्तिस्कको घडाका आधारमा भर पर्ला नै । तर बाई–बाई गर्दै वीरगन्ज कलेजले भने राम्रा प्रशिक्षक (मोटिभेटर) सहित जीवन भोगाईमा आवश्यक पर्ने अतिरिक्त ज्ञान विद्यार्थीमा दिन चाही कुनै कसर राखेन । यो निकै स्मरणीय कदम भएको प्रतिनिधि सभा सदस्य तथा संसदीय विकास समिति सदस्य प्रभु हजराले बताए । वीरगन्जका लागि यस प्रकारको कार्यक्रम अलि फरक रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेको पनि भनाइ छ ।
२४ बर्ष भित्रको उमेर समूहका विद्यार्थीले समय पहिचान, शिक्षा प्राप्तिको योजनाबद्ध तालिका, प्रविधि प्रयोगको शैली र संस्कारिक शिक्षाको जग बसाउन विद्यार्थीलाई प्रशिक्षकहरुले अतिरिक्त जीवनोपयोगी शिक्षा दिएका थिए । यस्ता कार्यक्रमले मानिसलाई नकारात्मक सोच्न र कुलत तर्फ युवापींढि र विद्यार्थीलाई रोक्ने सहभागी बक्ताहरुको तर्क छ ।
एक दशकमा वीरगन्जमा नमूना बन्दै कलेज
गएको २०७१ सालमा, ३३ जना विद्यार्थीबाट अध्यापन सुरु गरेको कलेजले १० बर्षपछि अर्थात बुधबार मात्र, १२ कक्षा अध्ययन पूरा गरेका एकै शैक्षिक सत्रका २ सय ५३ विद्यार्थीहरुलाई बिदाई गरेको छ, त्यो पनि अतिरिक्त ज्ञानको प्रशिक्षण दिदै । आफ्नो शैक्षिक संस्थामा प्रवेश गरेका नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम भन्दै केहीले विद्यार्थी आकर्षित गर्न केही सुरुवाती कार्यक्रम त धेरैले गर्छन् । तर वीरगन्ज कलेजले विदाई गर्ने समय यस्तो गुणात्मक कार्यक्रम गर्नु चाही अलि फरक भएको सो कार्यक्रममा अतिथिका प्रतिनिधि सभा सदस्य हजराले बताए । कलेजले अतिरिक्त ज्ञान अन्तर्गत १७ बर्षदेखि २४ बर्षको उमेर समूहका युवा विद्यार्थीहरुलाई संस्कार सिक्ने र व्यवहार परिवर्तन गर्ने खालको शिक्षा अनिवार्य सिक्न पर्ने हुटहुटी जगाउनु फरक शैली भएको उनको तर्क छ ।


कलेज बाहिर गएपछि पनि यो विद्यालयमा पढेका विद्यार्थीमा नकारात्मक सोच नपलाओस् भनी यो शैली अपनाइएको कलेजका संचालक समिति अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले बताए । यस्ता अतिरिक्त ज्ञानले विद्यालय बाहिर जाने विद्यार्थीलाई नराम्रो लत तर्फ लाग्न रोक्न बल पुगोस् भन्ने मात्र उद्देश्य हो उनले भने । यो उमेर समूहभन्दा माथि गएपछि जीवनका अन्य परिवेशले अध्ययनलाई साथ नदिने तथ्य सहित ‘मोटिभेटरÕले त्यहाँ प्रशिक्षण दिएका थिए । फरक–फरक विधाका व्यक्तित्वहरुको मन छुने कौशलपूर्ण प्रशिक्षणले आफूहरुमा व्यवहारिक ज्ञान प्राप्त भएको कलेज छोड्दै गरेका विद्यार्थीले बताए ।
अन्तिम क्षण पनि स्मरणीय
विद्यार्थीलाई बिदाई गर्नु पूर्व गरिएका कार्यक्रमले उनीहरुमा एउटा अमेट छाप रहोस् भनी वीरगन्ज कलेजले थोरै फरक गर्न खोजेको कलेजका प्रिन्सिपल विनोद गुप्ताले बताए । पहिलो चरणमा विभिन्न विद्वानहरुले किताबी ज्ञान बाहिरको बिषय समेट्दै प्रशिक्षण दिदा विद्यार्थीमा मर्मस्पर्शी भाव बढेको उनको पनि भनाइ छ । शैक्षिक संस्थाले चाहेको यो कलेजमा पढेका विद्यार्थीहरुले भविष्यमा अझ यहाँको शिक्षा कामयावी रह्यो भन्ने महसुस गराउनु पनि रहेको उनको भनाइ छ । उच्च शिक्षा अध्ययनका लागि संस्कार सहितको व्यवहारिक शिक्षाका बारेमा विद्यार्थीलाई केही फरक शैक्षिक खुराक दिन प्रयास गरिएको कलेजको प्रशासन प्रमुख सुरेश चौधरीले बताए । आपसमा छुट्ता–टुट्दै पनि उनीहरुले लिएको ज्ञान जीवनभर प्रभावकारी रहोस् भन्ने आफूहरुको चाहना रहेको उनको भनाइ छ ।


कार्यक्रममा नेपालको प्रतिनिधि सभा सदस्य तथा संसदको शिक्षा समिति सदस्य प्रभु हजाराले यस्ता विद्यार्थीलाई गुणात्मक शिक्षा दिएर मुलुक भित्र रोक्न सक्ने वातावरण सृजना हुनु आवश्यक कदम भएको बताए । दक्ष र जागरुक जनशक्तिको अभाव भएको मुलुकमा संस्कार र व्यवहारिक शिक्षा पाप्ति गरेका नेपाली युवा मुलुकले खोजेको छ उनले भने । विदेश युवाको लर्को छोटियोस् नेपालमा पनि राम्रो शिक्षा प्राप्त गर्न र ज्ञान अनुसारको काम पाउन सकिन्छ भन्ने अवस्था सृजना गर्नु पर्छ उनले सुझाव दिए । दक्ष जनशक्ति अभावमा मुलुकको राजनीतिक अस्थिरता समेत बढेको उनले घुमाउरो पाराले बताउँदै मुलुक बनाउँछु भन्ने र काम गर्ने दल र नेताहरुलाई दक्ष युवाहरुले पनि छान्न पर्नेमा उनले जोड दिए । मुलुकमा राजनीतिक स्थिरताका लागि पनि शिक्षित युवा पीडिको आवश्यकतालाई पूरा गर्न उनले विद्यार्थीहरुलाई सुझाव दिए ।


व्यवहारिक जीवनमा अब्बल हुन र जीवन जिउने शिक्षा सार्थकतामा अझ युवाहरु तल्लिन भएर लाग्न पर्ने अन्य बक्ताहरुको पनि सुझाव थियो । वीरगन्ज कलेजका संचालक समिति अध्यक्ष डाक्टर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, राष्ट्रिय सहकारी बैंक वीरगन्ज शाखा प्रमुख संजय साह, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तथा राजधानी दैनिकका मधेश प्रदेश प्रमुख तुलसी भण्डारी, सरगमाथा इन्स्योरेन्स कम्पनीका मधेश प्रदेश प्रमुख निशान्त लामिछाने, मानव सेवा आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ता, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, कलेजका सहायक प्रिन्सिपल, रुदल ठाकुर, कोडिनेटर राजेश्वर चौधरी लगायतले विद्यालयस्तरको शिक्षापछि विद्यार्थीहरुले आगामी दिनमा खेल्न पर्ने भूमिकाका बारे प्रकास पारेका थिए ।
कलेजका प्रशासन प्रमुख सुरेश चौधरीले स्वागत मनतव्य व्यक्त गर्र्र्दै अगाडी बढाएको प्रशिक्षण सत्रमा मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले पनि राम्रो नेतृत्वका लागि असल आचरण भएका युवाको आवश्यकता औल्याउँदै गुणवान विद्यार्थी बन्न सबैलाई प्रेरित गरेका थिए । विदाईको क्षण पनि स्मरणीय र ज्ञान प्राप्तिको थलो बनोस् भनी कलेजले फरक शैली अपनाएको कार्यक्रमको सहजीकर्ता कृष्णा पासवानले पनि बताएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ