spot_img

ताजा अपडेट

रास्वपा प्रदेश कमिटिमा व्यवसायी पन्त निर्वाचित

काबिल सम्वाददाता, वीरगन्ज ।
होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेश सदस्यमा निर्वाचित भएका छन् । रास्वपाको प्रदेश सदस्यका दुई रिक्त पदका लागि भएको निर्वाचनमा अध्यक्ष पन्त सानदार मत ल्याउँदै विजयी भएका हुन् ।
पर्साको बिन्दवासिनी मन्दिर परिषरस्थित सभाहलमा गएको शुक्रबार सम्पन्न रास्वपाको आन्तरिक निर्वाचनमा पन्तले मतको आधाभन्दा बढि मतभार प्राप्त गरेको खुलेको छ । डेमोक्रेटिक विचारका दरिला खम्बा पन्त केही महिना अगाडी मात्र रास्वपामा प्रवेश गरेका थिए । रास्वपामा आबद्ध भएपछि राजनीतिमा निकै सकृय उनी प्रदेश सदस्यमा आफ्ना ८ प्रतिस्पर्धीलाई पछि पार्दै निर्वाचित भएका छन् । उनीसँगै पर्साबाट अर्का प्रदेश सदस्य सुदिश प्रजापति पनि निर्वाचित भएका छन् । प्रदेश सदस्यको लागि पर्साका १४ जना उम्मेदवार योग्य ठहर भएका थिए ।
उम्मेदवारी दर्ता गराइसकेपछि ६ जनाले उमेद्वारी फिर्ता लिए पनि ८ जनाले उमेद्वारी फिर्ता नलिएपछि उनीहरु बीचमा कडा प्रतिस्पर्धा गराई प्रदेशको सदस्य छनौट गर्न परेको पार्टीका सदस्यहरुले जनाए । प्रतिस्पर्धीहरु मध्ये हरि पन्त र सुदिश प्रजापति निर्वाचित भएको सो पार्टीका केन्द्रिय संगठन विभाग सचिव शंकर श्रेष्ठले बताए ।
पर्साको ४ निर्वाचन क्षेत्रको निर्वाचित क्षेत्रीय पदाधिकारी, जिल्लामा गठन भएका पालिका पदाधिकारीहरु र पर्साबाट निर्वाचित प्रदेश प्रतिनिधिहरु निर्वाचनको मतदाता थिए । कुल खसेको सदर मतभार २५ मा दुई तिहाइभन्दा बढि (सर्वाधिक) १७ मतभार पन्तले पाएको रास्वपाका केन्द्रिय संगठन विभागका सचिव श्रेष्ठले बताए । यता अर्का निर्वाचित प्रदेश सदस्य प्रजापति १० मतभार सहित विजयी भएको पनि उनको भनाइ छ ।
अन्य उम्मेदवारहरुमा दिपराज पटेलले ९, मुर्ली जलानले ६, राम सुन्दर आर्यले ४ र अन्य २ उम्मेदवारले १ र १ मतभार प्राप्त गरेका थिए । खसेको मतमा सबैभन्दा बढि ल्याउने दुई उमेद्वार मध्ये पन्त र प्रजापति भने पार्टीको प्रदेश सदस्य निर्वाचित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रिय संगठन विभाग सचिव श्रेष्ठले बताए । पार्टीको विधान अनुरुप पार्टीको जिल्ला संयोजक बन्न सम्बन्धित जिल्लाको निर्वाचन क्षेत्र, गठित पालिका पदाधिकारी र निर्वाचित प्रदेश प्रतिनिधिहरुद्वारा प्रदेश कमिटि सदस्यमा निर्वाचित भएर आउनै पर्ने बाध्यकारी प्रावधान रहेकोले विधानतः प्रजातान्त्रिक पद्धति नै अपनाइने गरको उनको भनाइ छ ।
कार्यक्रममा केन्द्रिय संगठन विभागका सचिव श्रेष्ठ, केन्द्रिय सदस्य डा नन्दन यादव, मधेस प्रदेश सभापति ई.तपेश्वर यादव, प्रदेश महामन्त्री मनिष साह लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ