काबिल सम्वाददाता
वीरगन्ज
बीमा कम्पनीको इतिहासमा छोटो समयमा उच्च प्रगति गरी पहिचान स्थापित गर्न सफल एशियन लाईफ इन्स्युरेन्स कम्पनी लि.ले १६ औं बार्षिकोत्सव मनाएको छ । बुधबार कम्पनीको केन्द्रिय कार्यालय सहित देशका विभिन्न शाखा उपशाखामा विविध कार्यक्रम गर्दै संस्थाले बार्षिकोत्सव मनाएको हो ।
सो क्रममा वीरगन्जमा रहेको एशियन लाईफ इन्स्युरेन्स कम्पनी लि.को शाखा कार्यालयमा पनि केक काटी कर्मचारी र बिमा अभिकर्ताहरुको बाक्लो उपस्थितिमा भव्य रुपले बार्षिकोत्सव मनाइएको छ । त्यस लगत्तै वीरगन्जमा रहेको मानव सेवा आश्रममा पुगी त्यहाँ रहेका सहयोगापेक्षी मानिसलाई चामल, दाल, तेल विस्कुट, चाउचाउ लगायत खाद्यान्न वितरण गरी वीरगन्ज शाखाले बार्षिकोत्सवलाई सामाजिक कार्यसँग पनि जोडेको छ ।
वर्षिकोत्सव कार्यक्रम वीरगन्ज शाखाका प्रमुख प्रकाश कुमार गुप्ताको अगुवाईमा गरिएको छ । कार्यक्रममा वरिष्ठ अभिकर्ता देवका बराल, अभिकर्ताहरु पूर्णिमा शर्मा, खिला नेपाल सन्जु शर्मा, हरि प्रसाद खनाल, दिनेश प्रजापति लगायतको सहभागीता रहेको थियो । त्यसैगरी शाखाका कर्मचारीहरु शिसु कुमार साह, लाल बहादुर चौधरी, आस्मा अधिकारी, चन्देश्वर यादव र रमेश चौधरी लगायतको पनि सकृय सहभागीता रहेको थियो ।
बार्षिकोत्सव कार्यक्रममा सहभागी कर्मचारी र अभिकर्ताहरुले आगामी दिनमा संस्थालाई कसरी अझ सकृय रुपमा अगाडी बढाउने भन्ने सन्दर्भमा पनि गहन छलफल गरी अझ सशक्त भएर अगाडी बढ्ने निश्कर्ष निकालेको सहभागीहरुले खुलासा गरे ।