काबिल सम्वाददाता
वीरगन्ज
युएसएको सिकागोबाट सुरु भएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एसÕको फैलावट त्यस वरिपरिका देशमा मात्र सिमित भएन । अन्ततः बिस्तारै १४ लाखसम्म सदस्य बिस्तार गर्दै विश्व सामु फैलन सकेको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एसÕको दोश्रो महाधिवेशन वीरगन्जमा हुने भएको छ । यो महाधिवेशन वीरगन्जका लागि भने पहिलो हो ।
आगामी चैत्र २४ गते वीरगन्जमा हुने भनिएको जस्तो महाधिवेशन नेपालमा योभन्दा अगाडी काठमाण्डौमा भएको लायनहरुको दावी छ । यस्तो महाधिवेशन गर्न सबै तयारी पूरा भएको महाधिवेशन आयोजक कमिटि संयोजक लायन प्रकाश वाहेतीले बताए । देशका विभिन्न पाँच जिल्ला (पर्सा, बारा मकवानपुर, काठमाण्डौ, ललितपुर) का गरी ४ सय प्रतिनिधि यो महाधिवेशनमा सहभागी हुने पनि संयोजक लायन वाहेतीको भनाइ छ । सबै प्रतिनिधिहरुको लागि बस्ने र रहने व्यवस्था सहितको तयारी गरिएको महाधिवेशन आयोजक समितिले वीरगन्जमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
महाधिवेशन वीरगन्जको क्लार्क रिसोर्टमा हुने छ । त्यसको सबै तयारी पूरा भइसक्यो लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका गभर्नर लायन देवकीनन्दन (डि.एन.) अग्रवालले बताए । महाधिवेशनको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले गर्ने उनको भनाइ छ । सो कार्यक्रमको विशिष्ट अतिथि लायन्स क्लब इन्टरनेशनलका पाष्ट इन्टरनेशनल डाईरेक्टर लायन जि.एस. होरा रहने पर्सेली संचारकर्मीसामु जनाइएको छ । महाधिवेशनले लायन्स क्लब इन्टरनेशनलको विधान अनुसार डिष्ट्रिक्ट गभर्नर, फष्ट भाइस डिष्ट्रिक्ट गभर्नर र सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा लायन वर्ष २०२४–२०२५ का लागि नयाँ नेतृत्व समेत महाधिवेशनले चयन गर्ने लायन्स क्लवका एरिया चिफ लायन उमेश शर्माले बताए ।
डिष्ट्रिक्ट गभर्नर पदमा हेटौडाबाट लायन तासी डोल्मा तुम्बाहाम्फे, फष्ट भाइस डिष्ट्रिक्ट गभर्नर पदमा काठमाण्डौबाट लायन विनय बस्नेत सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि वीरगन्जबाट लायन रामबिहारी पाण्डे आकाँक्षी रहेको पनि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका गभर्नर लायन अग्रवालले खुलासा गरे ।
लायन्स क्लब इन्टरनेशनलका जोन चेयरपर्सन लायन विजय कुशवाहाले सहजीकरण गरेको पत्रकार सम्मेलनमा लायन्स क्लब इन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा. रमेश अग्रवाल, डिष्ट्रिक्ट ३२५ एसका क्याबिनेट सेक्रेटरी लायन बासु तिमल्सिना, क्याबिनेट ट्रेजर लायन रामबिहारी पाण्डे, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन सन्दिप केडिया, रिजन चेयरपर्सन लायन संजय अग्रवाल, एरिया सेक्रेटरी लायन श्याम गुप्ता, लायन नरोत्तम पाण्डे सहित लायन्सका स्थानीय नेताहरुको पनि पत्रकार सम्मेलनमा सहभागीता रहेको थियो ।
वीरगन्जमा लायन्स डिष्ट्रिक्ट ३२५ एसको पहिलो महाधिवेशन
- Advertisement -
प्रतिक्रिया लेख्नुहोस्