spot_img

ताजा अपडेट

देखासेखी र चाँडो धनीबन्ने लालसाले लागु औषधमा फस्दै मानिस

काबिल सम्वाददाता
वीरगन्ज
छिट्टो सम्पन्न हुने, अरुभन्दा अब्बल देखिने लालसा र कुलत तथा साथीभाइसँगको वेकामे उठबसले पछिल्लो समय दैनिक लागु औषधसहित मानिस पक्राउ हुने क्रम बढेको छ । पर्सा जिल्लाको विभिन्न ठाउँमा सुरक्षा सतर्कतासँगै लागु औषध सहित दैनिक मानिस पक्राउ पर्ने क्रम बढेको हो ।
त्यसैको पछिल्लो उदाहरण हो, यहि फागुन २७ गते आइतबार र २८ गते सोमबार लगातार लागु औषध सहित पर्सामा मानिसहरु पक्राउ परेको घटना । गएको आइतबार पर्साको वीरगन्ज १३ स्थित पावरहाउस चोक सडकखण्डमा स्थानीय ४८ बर्षीय विनोद गुप्ता ६० पत्ता अर्थात १ हजार ८ सय पिस प्रतिबन्धित लागु नाइट्रोभेट ट्याब्लेट सहित पक्राउ परेका थिए । उनी पक्राउ परेको २४ घण्टा वित्न नपाउँदै पर्साकै वीरगन्ज २५ स्थित सुख्खा बन्दरगाह चोक नजिक वीरगन्ज १६ फुलवारी टोलका ४५ बर्षीय ईसलाम मियाँ पनि पक्राउ परेका छन् ।
पर्सा प्रहरीको तथ्याँक अनुसार गएको एक महिनामा ३० जनाजति मानिस पक्राउ परेको जनाइएको छ । खासगरी लागु औषध प्रयोगकर्ता, र चाँडो पैसा कमाउने लालसामा र साथीभाइको लहैलहैमा लागु औषधको ओसार–पसार तथा कारोबार गर्न बढिरहेकोले प्रहरीको फन्दामा पर्नेको संख्या पनि बढेको पाइएको हो ।
वीरगन्ज २४ का विनोद गुप्ताले आफूले बोकेको प्लाष्टिकको झोलामा उक्त परिणामको नाइट्रोभेट ट्याब्लेट फेला परेको पर्साका प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाले बताए ।
त्यसै गरी वीरगन्ज १६ फुलवारी टोल बस्ने मियाँले पनि कालो रंगकै प्लाष्टिकको झोलामा ल्याएको एक किलो ८ सय ग्राम गाँजा फेला परेको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक थापाले बताए । मियाँ ना १३ प ६५९५ नम्बरको मोटरसाइकलमा पर्साको विश्रामपुरबाट वीरगन्ज आउँदै गरेको खुलेको पर्सा प्रहरीले जनाएको छ । उनी वीरगन्ज बजार आइपुग्नै लाग्दा सुख्खा बन्दरगाह नजिक चण्डालचोकमा पक्राउ परेको प्रहरीले जनाएको हो ।
यी घटना नमूना मात्र हुन् । पर्साबाट पर्सा नै आइजाइ गर्नेभन्दा बढि सीमा पारी भारतबाट लागु औषध नुर्फिन, नाइट्रोभेट, कोरेक्स जस्तो तयारी अवस्थाको लागु औषध लिएर आउने प्रयोगकर्ता, कारोवारी बढि पक्राउ पर्ने गरेको पर्सा प्रहरीको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ