काबिल सम्वाददाता
वीरगन्ज
स्थापनाको सार्थकता र नेपाली महिलाहरुको अधिकार प्राप्तिको ठोस उपलब्धी निकाल्ने गरी काम गर्न अन्तराष्ट्रिय महिला दिवस पारेर ठोरी गाउँपालिका जुमूराएको छ । अन्तराष्ट्रिय महिला दिवसलाई केवल दिवसका रुपमा मात्र नभई परिणाम निकाल्ने गरी काम गर्न ठोरी जुर्मुराएको हो ।
मधेश प्रदेशको सुदूरपश्चिमको जिल्ला र त्यसको पनि सबैभन्दा पश्चिममा पर्ने गाउँपालिका ठोरीमा महिला दिवसको सार्थकता र नेपाली महिलाको पहिचान झल्कने गरी काम गर्न सकृय भएको संकेत देखाएको छ । पालिका कै अगुवाईमा ८ मार्च आउनु पूर्व नै ११४ औं अन्तराष्ट्रिय महिला दिवसको आयोजना गरी यहाँका महिलाहरुको आर्थिक सामाजिक सशक्तिकरणमा बल पुग्ने गरी काम गर्न त्यहाँका सबै क्षेत्रका अगुवा महिलाहरु ऐक्यवद्ध पनि देखिए । ठोरीका महिलाहरु उद्यम र स्वनिर्भरता तर्फ लागी परे त्यसलाई साथ र भरोसा दिन पालिका पनि पछि नपर्ने ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको भनाइ छ । पालिका र समाजका अगुवाहरु पनि खुलेरै लागे नमूना पालिका बनाउन सकिन्छ उनले भने । यसका लािग सबै उद्धत्त भएर लाग्नु पर्नेमा सहभागीहरुको एकमत छ । महिला आफै सवल हुने अग्रसर भई उद्यमशिल भए अन्तराष्ट्रिय महिला दिवसको पनि सार्थकता हुने सहभागीहरुको निक्र्योल छ ।
सहभागी महिलाहरु बीच स्थानीय प्रतीक दैनिकका सम्पादक प्रताप श्रेष्ठले, राजधानी दैनिकका मधेश व्यूरो प्रमुख तुलसी भण्डारी र ठोरी गाउँपालिकाका सामाजिक विकास अधिकृत धर्मराज थापाले महिला दिवस स्थापनाको सार्थकता, अन्तराष्ट्रिय दिवस मनाइदै आएको अन्तरसम्बन्ध सहित मुलुकले मनाउन थालेको र पछिल्लो समय महिला सशक्तिकरणको सन्दर्भ बारे ठोस सामग्री प्रस्तुत गर्दै धरातलीय अवस्था केलाएका थिए । ठोरी गाउँपालिकाको कार्यपालिकाका सबै महिला सदस्य, ठोरीका सबै वडाका महिला सदस्य, गैर सरकारी संस्थाका जिम्मेवार प्रमुख तथा प्रतिनिधि र त्यहाँका सबै सरकारी निकाय (स्वास्थ्य, शिक्षा) लगायतका पनि प्रमुख तथा प्रतिनिधि महिलाहरु सहभागी कार्यक्रममा दिवसको प्रादूर्भावमा विश्वका महिला र पछि नेपाली महिलाहरुले गरेको योगदानको पनि व्यापक चर्चा गरिएको छ ।
महिला लगानीः सभ्य र समुन्नत समाजको थालनी भन्ने नारा सहित गरिएको वृहत कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठले महिला आफै सक्षम हुनु पर्ने समय आएको औल्याए । ‘अरुको निर्भरतामा रहनुभन्दा पनि २१ औं शताब्दीको उत्तराद्र्धका नेपाली महिलाहरुले पनि आफ्नो क्षमता र पहिचान आफ्नै कायम राख्न सक्नु पर्ने उनको जोड छ’ अधिकारका लागि समानताको कुरामा अरुले दिएको अधिकार मात्र उपभोग गर्ने भन्दा पनि महिलाहरु स्वयम् अगाडी आए ठोरी गाउँपालिकाले पूर्ण रुपले साथ दिने उनको भनाइ छ ।

ठोरीको न्यायिक समिति संयोजक समेत रहेकी ठोरी गाउँपालिका उपाध्यक्ष गोकुली कुमारी रेग्मीले पनि महिला उद्यमी बन्नु पर्ने र आफ्नो नाम र पहिचान अब आफै पनि कायम गर्न अग्रसर हुनु पर्ने समयमा आएको तर्क गरिन् । महिला स्वःनिर्भर र आफै सक्षम हुनु नै अब महिला दिवसको सार्थकता हुने उनको भनाइ छ । यसको लागि कृषि प्रधान देशका महिलाहरु कृषि उद्यममा सकृय हुनु पर्ने उनको जोड छ ।
ठोरीको सामाजिक सामी परियोजनाका वित्तीय साक्षरता प्रतिनिधि हेमकृष्ण चापागाईंले सहजीकरण गरेको कार्यक्रममा वैदेशिक रोजगारीमा गएका व्यक्तिको सम्बन्ध विच्छेद बढ्दो क्रममा रहेको कुरा पनि उठेको छ । यसलाई रोक्न मनोसामाजिक परामर्श सहित त्यस्ता व्यक्तिलाई पनि समाजमा स्थापित गर्दै बाहिर जाने क्रमलाई न्यूनिकरण गरी स्वःनिर्भर हुने कार्य गर्न सके मात्र अन्तराष्ट्रिय नारी दिवसको सार्थकता पनि हुने सहभागीहरुको पनि भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्