spot_img

ताजा अपडेट

पर्साको सदरमुकाम वीरगन्जमा कर्फयू जारी

- Advertisement -

काबिल सम्वाददाता
वीरगन्ज
सामाजिक सद्भाव नखल्बलियोस् भनी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कफ्र्यू ( निशेधाज्ञा ) आदेश जारी गरेको छ । सोमबार साँझ ५ बजेबाट अनिश्चित कालका लागि भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले निशेधाज्ञा जारी गरेको हो ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा हिन्दु र मुस्लिम दुई समूहबीच विवाद र झडप भएको बिषय वीरगन्जमा पनि उब्जिएर झडप र विवादको स्थिति सिर्जना भएपछि सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखी यहाँ पनि स्थानीय प्रशासनले सतर्कता अपनाएको जनाएको छ । सम्भावित जोखिम रोक्न र शान्ति कायम गर्न निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । स्थानीय प्रशासन ऐन २०२८ को दपा ६ क बमोजिम कफ्र्यू आदेश दारी गरिएको उनको भनाइ छ ।
कफ्र्यू आदेश जारी भएपछि वीरगन्ज महानगरपालिका तोकिएका स्थानमा भित्र कसैले आवत जावत गर्न, भेला हुन, बाहिर हिडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराऊ, ¥याली गर्न एवं अन्य कुनै प्रकारको उच्छृंखल गतिविधि गर्न नपाउने जारी आदेशमा उल्लेख गरिएको छ । कफ्र्यू आदेश पूर्वमा वीरगन्ज महानगरपालिकाको नगवा चोक (बारा जिल्ला सिमाना) पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुल अर्थात वीरगन्ज भन्सार एरिया भित्रका क्षेत्रमा कफ्र्यू लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
गएको फागुन ३ गते बिहिबार रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मुर्ति सेलाउने क्रममा दुई पक्षबीच आपसी विवाद र झडप भएको थियो । वीरगन्जमा पनि यो बिषय सोमबार उब्जिएर विभिन्न ठाउँमा प्रदर्शन र झडप सुरु भएको छ । यसलाई नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मी मध्ये १४/१५ जना घाइते भएको पर्साका प्रमुख जिल्ला अधिकारी भुसालले बताए । सर्वसाधारण तर्फ पनि केही घाइते भएका छन् ।
पर्सा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक कुमार बिक्रम थापाले ईनिस्पेक्टर सहित नेपाल प्रहरीका ९ जना सुरक्षाकर्मी घाइते भएको बताए । सुरक्षाकर्मी सहित केही सर्वसाधारण समेत घाइते हुने गरीको अवस्थालाई सुक्ष्म अध्ययन गरी सजगता अपनाइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भुसालले बताएका छन् । आगामी अवस्थालाई हेरेर अगाडी के गर्ने भन्ने बिषय निर्णय गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -

सम्बन्धित खबर

ट्रेन्डीङ