Menu

सिरहाको पोखरीमा एक सातादेखि बेपत्ता पुरुषको शव फेला

news and updates |
November 18, 2026
Featured

सिरहा  २ मंसिर।

सिरहाको गोलबजार नगरपालिका–६ सैनिक चोकस्थित पोखरीमा एक सातादेखि हराइरहेका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

बुधबार स्थानीयवासीले पोखरीमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थल पुगेको प्रहरीले शव बाहिर निकालेपछि मृतकको पहिचान गोलबजार नगरपालिका–३ भाङबारीका ४५ वर्षीय महेन्द्र चमारका रूपमा भएको हो ।

परिवारका अनुसार चमार भाइटीकाको भोलिपल्टदेखि सम्पर्कमा थिएनन् । मजदुरीका सिलसिलामा अन्यत्र गएको हुन सक्ने ठानेर परिवारले प्रहरीमा खोजीका लागि उजुरीसमेत दिएको थिएन ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक दीपक खरेलको नेतृत्वमा पुगेको प्रहरी टोलीले पोखरीबाट शव निकालेको हो । प्रहरीको प्रारम्भिक अनुमानअनुसार शव करिब एक सातादेखि पोखरीमा रहेको हुन सक्छ ।

मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments





समाचार $type=triple-post-v1$count=3

समाचार $type=triple-post$count=3

समाचार $type=number-post-loop$count=6

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3