काठमाडौं , मङ्सिर २ –
निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश दिएको हो।
सुनुवाइका क्रममा कार्कीतर्फका कानुन व्यवसायीले निश्चित कार्यकालका लागि नियुक्त प्रहरी महानिरीक्षकलाई स्पष्टीकरणविना हटाउनु गैरकानुनी भएको जिकिर गर्दै उनलाई पुनः पदमा फर्काउन अन्तरिम आदेश माग गरेका थिए।
तर अदालतले तत्काल अन्तरिम आदेश जारी नगरी विपक्षीहरूलाई लिखित जवाफसहित उपस्थित हुन भनेको छ। लिखित जवाफ प्राप्त भएपछि मुद्दाको नियमित सुनुवाइ अघि बढ्नेछ।
Comments
Post a Comment