हरिकिशोर शर्मा / मंसिर १, जिराभवानी, पर्सा।
पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर–१ महादेवपट्टीस्थित बलुवा गाउँको खेलमैदानमा आयोजित बलुवा प्रिमियर लिग (बीपीएल) सिजन–३ क्रिकेट प्रतियोगिताको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ।
आयोजक टिमको आयोजनामा सञ्चालन हुन लागेको उक्त क्रिकेट प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी नेपाली कांग्रेसका वडा सभापति शेख ग्यासुदिन, नेपाली कांग्रेसका पूर्व वडा अध्यक्ष शेख नुमान आजम, वडा अध्यक्ष रामशरण चौधरी, कार्यपालिका सदस्य सरोज चौरसिया, क्षेत्रीय प्रतिनिधि सोयब मियाँ, ऋषिकुमार हजरा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय अगुवा, खेलप्रेमी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलको विकास, खेलाडीहरूको प्रतिभा पहिचान तथा युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Comments
Post a Comment